राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), ६ साउन । ४३ औं बी.पी. स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले,भने-पार्टीभित्रको असहयोग, अविश्वास र गुटबन्दीप्रति कडा टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, “अरुबाट डर छैन, मलाई आफ्नै घरबाट डर त्रास छ ।”

सो कञ्चनरुप नगरपालिका वडा नं.७ धरमपुरस्थित बी.पी. चौकमा सप्तरी निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिद्वारा आयोजित स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै नगरप्रमुख गुप्ताले,भने नेपाली काँग्रेस भित्रको आन्तरिक एकता, सहकार्य र सुदृढ संगठन निर्माणका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको हो ।
बी.पी.स्मृति दिवसमा वृक्षारोपणदेखि विचार आदान–प्रदानसम्म
सो कञ्चनरुप नगरपालिकाका नगर प्रमुख गुप्ताले आफ्नो सम्बोधनमा पार्टीभित्र गाउँदेखि केन्द्रीय तहसम्म चलिरहेको गुटबन्दीलाई काँग्रेसको कमजोर पक्षको रूपमा औंल्याउँदै सो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनु भएको हो। “हामी विगतदेखि नै गुट उपगुटको राजनीतिमा अल्झिरहेछौं। आजको समय संगठन सुदृढ गर्दै विचार र सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने समय हो,“ उहाँले भन्नुभयो।
सो बी.पी. स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस मधेश प्रदेशका महासचिव पर्शुराम चौधरीले,भने बी.पी. को विचार र आदर्श अहिले झन् बढी सान्दर्भिक भएको धारणा राखेका थिए । वहाँले भने लोकतन्त्र, समाजवाद र राष्ट्रियता बी.पी. को मूल मन्त्र अपनाउदैं पार्टीलाई एकताबद्ध भएर अगाडी बढने सबै नेता तथा कार्यक्रताहरुलाई आग्रह गर्नु भएको हो ।
जनमतबाट काँग्रेसमा प्रवेश, भगत नेतृत्वको समूहलाई भव्य स्वागत
बी.पी. स्मृति दिवसकै अवसरमा जनमत पार्टीका युवा नेता तथा कञ्चनरुप नगरपालिका वडा नं.४ का वडा अध्यक्ष पदका उम्मेदवार तिर्थनारायण भगत नेतृत्वको एक समूह नेपाली काँग्रेसमा प्रवेश गरेको हो । सो अवसरमा वडा नं. ४ का सक्रिय युवा नेता बसन्त विश्वास, महिला अगुवा कविता चौधरी, उमा देवी चौधरी र कञ्चनरुप वडा नं. ११ का दलित युवा नेता भोला सदा लगायत विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका दर्जनौं नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश भएका हो ।
साे पार्टी प्रवेशपछिको तिर्थनारायण भगतले,भने- कांग्रेससँगको आफ्नो पुरानो सम्बन्धलाई स्मरण गर्दै भावुक अभिव्यक्ति दिएका थिए। उनले भने, “पहिले म कांग्रेसमै थिएँ, अब फेरि आफ्नै घर फर्किएको अनुभूति भएको छ।”
कांग्रेसको स्थानीय संगठन सशक्त बन्दै गएको उल्लेख गर्दै उनले थपे, “वडा नं. ४ मा कांग्रेसको पकड दिनप्रतिदिन मजबुत हुँदै गएको छ। अहिले त टेलर्स मात्र हो, पुरा फिल्म त बाँकी नै छ।”

नवप्रवेशीहरुलाई नेपाली काँग्रेस मधेश प्रदेशका महासचिव पर्शुराम चौधरी तथा क्षेत्रीय सभापति एवं नगरप्रमुख ललन प्रसाद गुप्ताले संयुक्त रूपमा दोसल्ला ओढाएर र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
काँग्रेसको विस्तारमा नयाँ उर्जा, नयाँ उत्साह
जनमत पार्टीका युवा नेताहरूको काँग्रेस प्रवेशलाई स्थानीय राजनीतिमा नयाँ मोडको रूपमा लिइएको हो । तिर्थनारायण भगतले काँग्रेसमा प्रवेश गर्दै लोकतान्त्रिक मूल्य, विचार र समावेशी सोचको सम्मान स्वरूप पार्टी रोजेको बताउनुभएको हो । उहाँले स्थानीय स्तरमै जनताका सरोकारका मुद्दालाई काँग्रेसको माध्यमबाट अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता समेत जनाउनु भएको हो ।
सोे बी.पी. कोइरालाको योगदानको सम्झनामा आयोजित सो कार्यक्रममा वृक्षारोपणसमेत गरिएको हो । नगरप्रमुख गुप्तालगायत अन्य नेताहरूले वृक्षारोपण गर्दै बी.पी. को विचार, दर्शन र वातावरणीय सन्तुलन प्रतिको चिन्तनलाई सम्मान गर्ने सन्देश दिएको हो ।

सो कार्यक्रममा बोल्ने वक्ताहरूले बी.पी. को विचार र आदर्श अहिले झन् बढी सान्दर्भिक भएको धारणा राखेका थिए। लोकतन्त्र, समाजवाद र राष्ट्रियता बी.पी. को मूल मन्त्र भएको र वर्तमान राजनीतिक परिदृश्यमा ती मूल्यहरूलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा सबैले जोड दिएको हो ।
सो कार्यक्रममा काँग्रेसका जिल्ला तथा स्थानीय तहका नेताहरू, कार्यकर्ता, सर्वसाधारण र पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
