img

ढल्केबरमा सम्पन्न ७ दिने अभिनय कार्यशालाले कलाकारहरूलाई ऊर्जा र आत्मविश्वास प्रदान


अपूर्व न्यूज समाचारदाता ।
ढल्केबर(धनुषा)१ जेष्ठ । “केवल सात दिन, तर अनुभूति जीवनभरका लागि!” मूल नाराका साथ ७ दिने अभिनय कार्यशाला एवम् अभिनयशाला सम्पन्न भएको हाे ।

साे सम्पन्न कार्याशालामा उपस्थित कलाकारहरु ।

बुधबार  कोमल होटल ढल्केबरमा सरिता फाउन्डेशन र अप्पन मिडियाकाे सहकार्यमा सहभागी कलाकारहरूको उर्जा, समर्पण र निरन्तर सिक्ने चाहनाले हरेक दिनलाई प्रेरणादायी कार्यशालाले हामी सबैलाई नयाँ ढंगले आपसमा बाँधेको महसुस गराएकाे हाे ।
साे कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ताको रूपमा सरिता साह र अनिल कुर्मीले कार्यशाला संचालन गरिरहनुभएको छ भने कार्यक्रम संयोजनको जिम्मेवारी फुलगेन मगहीले निर्वाह गरिरहनुभएको हाे।

साे कार्यशालामा सक्रिय रूपमा सहभागी सबै कलाकार साथीहरूलाई हार्दिक धन्यवाद गरिएको हाे ।

त्यसैगरी आरम्भदेखि अन्त्यसम्म साथ, माया र प्रेरणा दिनुहुने सबै आदरणीय व्यक्तित्वहरूलाई विशेष धन्यवाद प्रकट गरिएकाे हाे ।
साे फुलगेन मगही, होस्ट विजय दास, कृष्ण कुमार महतो, वडाअध्यक्ष राम सर, राजु सिंह र प्रमोद साह सम्पन्न कार्यक्रम उपस्थित रहेको हाे ।
साे कार्यशालाले थुप्रै उदीयमान कलाकारहरूलाई आत्मविश्वास, सीप र उत्साहको नयाँ ऊर्जा प्रदान गरेको छ। यस्तो सिर्जनात्मक पहलले नेपाली रंगमञ्च र चलचित्र क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको हाे ।
साे कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ताको रूपमा सरिता साह र अनिल कुर्मीलाई आयोजनाले सम्मान गरिएको हाे ।
साे हासो, आँसु, उत्साह र आत्मा छुने क्षणहरूले भरिएको यो यात्रा हाम्रा लागि अविस्मरणीय बनाएकाे हाे ।


प्रतिक्रिया दिनुहोस् ।