img

जातीय भेदभावविरुद्ध संघर्षरत अभियन्तालाई फसाउने षड्यन्त्र ः कार्यकारी निर्देशक पासवान


कञ्चनपुर(सप्तरी), २० माघ । रौतहटकाे वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान ‘निर्माणी’ विरुद्ध झूटा आरोप लगाउँदै मुद्दा दायर गरिएको घटनाको दलित सरोकार मञ्च नेपाल ले कडा निन्दा गरेको छ ।

दलित सरोकार मञ्च नेपाल सप्तरीले जारी गरेको प्रेस विज्ञप्ती ।
दलित सरोकार मञ्च नेपाल सप्तरीले जारी गरेको प्रेस विज्ञप्ती ।

शनिबार जातीय भेदभावविरुद्ध संघर्ष गरिरहेका अभियन्ता लाई षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको भन्दै मञ्चका कार्यकारी निर्देशक भोला पासवानले प्रेस विज्ञप्ति जारी गरेका छन्।

कार्यकारी निर्देशक भोला पासवानका अनुसार २०८० सालको छठ पर्वमा राजेश पासवानमाथि भएको जातीय दुव्र्यवहार र आक्रमणका दोषीहरू अझै कानूनी कारबाही बाहिर रहेका छन्।

साे २०८० सालको छठ पर्वमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष पासवान वृन्दावन नगरपालिका–८, बहुअरी गाउँमा भएको पोखरी विवादमा पुन ः आक्रमणमा परेका पासवानमाथि उल्टै झूटा मुद्दा दर्ता गरिएको भन्दै दलित अगुवाहरूले विरोध जनाएका छन् ।

प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न

दलित सरोकार मञ्च नेपालले घटनाको निष्पक्ष छानबिन गरी झूटा मुद्दा तत्काल खारेज गर्न माग गर्दै प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। विज्ञप्तिमा जातीय भेदभाव तथा छुवाछूतविरुद्ध आवाज उठाउने अभियन्ताहरूलाई फसाउने प्रवृत्तिलाई तत्काल रोक्नुपर्ने उल्लेख गरिएको छ।

न्याय नपाए आन्दोलनको चेतावनी
मञ्चले पीडितलाई न्याय नदिए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ। साथै, सम्पूर्ण न्यायप्रेमी नागरिक, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूलाई दलित समुदायको न्यायका लागि ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780