अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,१२ पुस । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले,भने”नेपालमा संघीयता लागू भएपछिको छोटो अवधिमै धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन अझै बाँकी रहेको बताउनु भएको हाे” ।
शुक्रबार सप्तरीको कञ्चनरुप नगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरूका लागि आठ दिवसीय तालिमकाे समापन कार्यक्रममा साे कुरा बताउनु भएको हाे ।
साे तालिम समापन समारोहमा बोल्दै मन्त्री लेखीले नेपालमा संघीयता लागू भएपछिको छोटो अवधिमै धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन अझै बाँकी रहेको बताउनुभयो। उहाँले मधेस प्रदेश सरकारमा पटकपटक मन्त्री बन्ने अवसर पाएको भए पनि सरकारको छोटो आयुका कारण जनताका अपेक्षा पूरा गर्न कठिनाइ भएको धारणा राख्नुभयो।
मन्त्री लेखीले मधेस प्रदेशका पत्रकारहरूको सुरक्षाका लागि आजैदेखि लागू हुने गरी एक लाख रुपैयाँको दुर्घटना बिमा र सात लाख रुपैयाँको जीवन बिमा कार्यक्रमको उद्घाटन गरिएको बताउनु भएको हाे ।
कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ताले ८ दिने मेलमिलापकर्ताहरकाे तालिमले नगरपालिकाकाे न्याय क्षेत्रमा उदाहरणीय कार्य हुने बताउनु भएको हाे ।
साे सम्पन्न कार्यक्रम अतिथिहरूमा वडा नम्बर ४ का अध्यक्ष जोगेन्द्र पासमान, वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरी, वडा नम्बर ८ का अध्यक्ष कृष्ण साह, र वडा नम्बर १० का अध्यक्ष दामोदर खड्गा पनि सहभागी रहनुभएको थियो।
तालिमले नगर क्षेत्रका मेलमिलापकर्ताहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गरी न्यायिक प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाको न्यायीक समितिका संयोजक समेत रहेकी उपप्रमुख मुना पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी प्रमुख अतिथिका रूपमा उपस्थित रहेको हाे ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...