img

प्रधानमन्त्रीद्वारा उपाधि विजेता जनकपुर बोल्ट्सलाई सममान

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर बोल्ट्स का खेलाडी, व्यवस्थापक, र नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान गर्दै

अपूर्व न्यूज समाचारदाता ।
काठमाडौँ, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स का खेलाडी, व्यवस्थापक, र नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले नेपाली क्रिकेटको प्रगतिमा जनकपुर बोल्ट्सको ऐतिहासिक जितले नयाँ अध्याय थपेको बताउनुभयो ।
जनकपुरको ऐतिहासिक सफलता
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको हो । प्रधानमन्त्रीले खेलाडीहरूको आत्मबल, मेहनत, र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै भन्नुभयो ।
“यो मात्र जनकपुरको नभई सम्पूर्ण नेपाली क्रिकेटको जित हो । उपाधि जितेर जनकपुर बोल्ट्सले नेपाली क्रिकेटलाई विश्वस्तरमा पुर्याउने दिशा देखाएको छ।“

विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू

सरकारको खेल क्षेत्रप्रतिको प्रतिबद्धता
प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो। कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको निर्णय आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै उहाँले यो प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
“नेपालका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्नेछ । खेलकुद क्षेत्रमा विदेशी लगानी र सहकार्य सहज बनाउन सरकारले हरसम्भव पहल गर्नेछ,“ प्रधानमन्त्रीले भन्नुभयो ।
विदेशी खेलाडी र सहजीकरणको आवश्यकता
कार्यक्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले विदेशी खेलाडी ल्याउन श्रम स्वीकृति प्रक्रियामा देखिएका समस्या समाधान गर्न आग्रह गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रथम शिल्ड ।

कप्तानको प्रतिक्रिया
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै भन्नुभयो
“प्रधानमन्त्रीबाट सम्मान पाउनु हाम्रो टोलीका लागि गर्वको कुरा हो । यसले हाम्रो जिम्मेवारी अझ बढेको छ। आगामी दिनमा थप सफलता हासिल गर्न हामी प्रतिबद्ध छौँ।“
सो सम्मान कार्यक्रममा प्रधानमन्त्रीले उपविजेता सुदूरपश्चिम रोयल्सको प्रदर्शनको पनि प्रशंसा गर्नुभयो । साथै, नेपाली क्रिकेटले यस प्रतियोगिताबाट अन्तर्राष्ट्रिय स्तरको सम्भावना देखाएको उल्लेख गर्नुभयो ।
उक्त सम्मान समारोहले खेलकुदमा सरकार र खेलाडीहरूको सहकार्यलाई सुदृढ गर्दै नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्याउने विश्वास दिलाएको छ। जनकपुर बोल्ट्सको यो सफलता नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780