img

गरिबी निवारणका लागि महिला रोजगार र सिमान्तकृत समुदायको उत्थानमा प्रतिबद्धता ः मेयर प्रत्यासी उम्मेदवार पासवान

जनता समाजवादी पार्टीका नेता तथा कञ्चनरुप नगरपालिकाका मेयर प्रत्यासी उम्मेदवार भोला पासवानले आपनो सान्दर्भिक कुरा राख्दैं ।

अपूर्व न्यूज सामाचारदाता ।
कञ्चनपुर, कार्तिक ११ गते । जनता समाजवादी पार्टीका नेता तथा कञ्चनरुप नगरपालिकाका मेयर प्रत्यासी उम्मेदवार भोला पासवानले गरिबी निवारण र सिमान्तकृत समुदायको उत्थान आफ्नो प्रमुख एजेन्डा भएको जनाएका छन् ।
शनिबार कञ्चनपुरमा जनता समाजवादी पार्टी (जसपा) कञ्चनरुप नगर समितिद्वारा आयोजित तिहार, छठ, र समाचकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रत्यासी उम्मेदवार पासवानले भने,– विपन्न, भूमिहीन र साना किसानको समस्यालाई समाधान गर्दै महिला रोजगार सृजना नगरी गरिबी घटाउन कठिन हुने धारणा राखएको होे ।

जसपा कञ्चनरुप नगर समितिद्वारा आयोजित तिहार, छठ, र समाचकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता तथा कार्यक्रक्ताहरुसँग प्रत्यासी उम्मेदवार भोला पासवान ।
जसपा कञ्चनरुप नगर समितिद्वारा तिहार, छठ, र समाचकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता तथा कार्यक्रक्ताहरुसँग प्रत्यासी उम्मेदवार भोला पासवान ।

सो शुभकामना आदानप्रदान कार्यक्रममा नगरका ५१ प्रतिशत महिलाहरू कृषि कर्ममा संलग्न रहेको उल्लेख गर्दै प्रत्यासी उम्मेदवार पासवानले भने,“सिजनपछि महिलाहरू बेरोजगार छन्, यसले गरिबी घटाउन चुनौती थपेको छ । महिला रोजगारी सिर्जना गर्नसक्नुपर्छ ।“ साथै उनले बाढीले तीन पटकसम्म धानबालीमा गरेको क्षति र किसानहरूले झेल्नुपरेको घाटाको बारेमा ध्यानाकर्षण गराउँदै सरकारी सहयोगको अपेक्षा नगरी कृषि क्षेत्रको सुधारको निम्ति आफूहरू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रत्यासी उम्मेदवार पासवानले आफ्नो पार्टीलाई गरिब, सिमान्तकृत, मधेशी, महिला, आदिवासी जनजाति, र दलित समुदायको अधिकार र समृद्धिका लागि अघि बढाउने उद्देश्यसहित पार्टी गठन गरिएको बताए।

उनले शिक्षा, रोजगारी र आर्थिक अवसरहरूमा पहुँचको अभावले समस्यालाई झन् विकराल बनाएको जनाउँदै, “हामी विपन्न, भूमिहीन र साना किसानहरूको हकमा ठोस काम गर्न तयार छौं,“ भने। उनले आफ्ना प्रतिवद्धताहरू समाजलाई परिवर्तन गर्न, गरिबी निवारण गर्न, र नगरको समृद्धि हासिल गर्नका लागि उल्लेखनीय हुने बताए ।
कार्यक्रममा कञ्चनरुप–९ का वडाध्यक्ष रामसुन्दर यादवले जातपातको राजनीतिले समाजमा विभाजन ल्याएको उल्लेख गर्दै आगामी दिनमा समाज परिवर्तनको लागि ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गरे । वडाध्यक्ष यादवले गरिबी र विपन्नता भोग्दै आएका व्यक्तिहरू नै समाजलाई बदल्न सक्षम भएको बताएका थिए। उनले भनें, “जसले आफैं शोषण र अभाव भोगेका छन्, उनीहरू नै समाजलाई नजिकबाट बुझेर परिवर्तनको पक्षमा बलियो योगदान दिन सक्छन्”।
यस अवसरमा जसपाका युवा नेता तथा दलित कार्यपालिका सदस्य शोभा पासवानले विपन्न समुदायका समस्यामा पार्टी गम्भीर रहेको र उनीहरूको जीवनस्तर उकास्न पार्टीले ठोस कार्यक्रमहरू अघि बढाउने जनाए ।
शुभकामना आदानप्रदान कार्यक्रममा जसपाका जिल्ला सदस्य चितरंजन यादवको अध्यक्षता तथा पत्रकार किशोर पासवानको सञ्चालनमा आयोजित कार्यक्रममा नगरका १२ वडाबाट तीन सय पचासभन्दा बढी पार्टीका कार्यक्रकताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जसपाका अन्य कञ्चनरुप नगरपालिका वडा नं.११ का पूर्व वडाअध्यक्ष मोहमद जिब्रिल, जसपाका कार्यक्रता पुष्कर गुप्ता, जीवछ सरदार, बकिल मिया, र समाजवादी महिला संघकी जिल्ला अध्यक्ष अनुराधा साह लगायतले आफ्नो विचार व्यक्त गर्दै गरिबी निवारण र सामाजिक समानताको लक्ष्यप्रति जोड दिए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।