img

चर्चित गायिका अन्जु यादवको स्वर रहेको ‘सोमेश्वरनाथ’ भक्ति गीत सार्वजनिक


अपूर्व न्यूज समाचारदाता
जनकपुरधाम, २ भाद्र । चर्चित गायिका अन्जु यादवको स्वर एवम् सरोज मण्डलको शब्द तथा शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको ‘सोमेश्वरनाथ’ भक्ति गीतको भिडियो सार्वजनिक गरिएको छ ।
विहीबार साँझ सरोज मण्डलको शब्द तथा शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको उक्त भक्ति गीतको भिडियो जननी फिल्म्स नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।

लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ स्थित सोहनी धाममा अवस्थित सोमेश्वरनाथ महादेवको महिमा मण्डन तथा मन्दिर आसपास क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा बिनिता ऋषी र शुभक यादव लगायतले अभिनय गरेका छन् ।

सोमेश्वरनाथ मन्दिरको प्रस्तति रहेको भिडियोमा निर्देशन राजु राजदेव चौधरी तथा कोरियोग्राफी सञ्जय साहले गरेको भिडियोका परिकल्पनाकार हरिनारायण यादवले जानकारी दिएका छन् । उनका अनुसार क्यामेरा गणेश कुमार मण्डल, ड्रोन छायाङ्कन राजु सर्राफ तथा समन्वय रामबिनय यादवले गरेका छन् ।
निक्कै कर्णप्रिय गायन रहेको उक्त गीतको अडियो ट्रयाप नेपाल तथा भिडियो सम्पादन छिन्नमस्ता फिल्म्समा गरिएको हो । मैथिली गायनमा निक्कै चर्चित रहेकी गायिका अन्जुले मैथिली, भोजपुरी, अवधी, मगही, राजवंशी, हिन्दी, थारु र नेपाली भाषामा पाँच सय भन्दा बढी गीत गाएकी छिन् । काठमाण्डौमा साधनारत उनी पछिल्लो समय गायनमा थप सक्रिय भएकी छिन् ।

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार