अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ९ असार । “समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तिकरण” भन्ने मूल नारासहित १५औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरिएको हाे।

मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) सप्तरीद्वारा आयोजित कार्यक्रम UN WOMEN काठमाडौं तथा ‘फर ह्युमन राइट्स/वुमन इङ्गल वुमन ग्रुप’को सहयोगमा सम्पन्न भएको हो।
साे कार्यक्रमको आइतबार कञ्चनरुप नगरपालिकाको सभाहलमा सम्पन्न भयो। सो अवसरमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले एकल महिला समूहलाई हरेक समयमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकाे हाे ।

साे कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूहकी केन्द्रीय उपाध्यक्ष विमला पराजुली, इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माघव काप्ले, कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद साहलगायतले एकल महिलाको सशक्तिकरण, अधिकार र सामाजिक सम्मानका विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
साे कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह सप्तरीकी अध्यक्ष किरण रौनियारले संस्थाले एकल महिलाको हक, अधिकार र सशक्तिकरणका लागि निरन्तर क्रियाशील रूपमा काम गरिरहेको बताइन्।
साे कार्यक्रमको अध्यक्षता अध्यक्ष किरण रौनियारले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन नगरपालिकाकी कर्मचारी कविता बस्नेतले गरेकी थिइन्।