img

स्थानीय तहमा विपद् पूर्वतयारीका लागि वडास्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी) ६ असार । कञ्चनरुप नगरपालिका–८ नं वडा कार्यालयको आयोजनामा विपद् व्यवस्थापन तथा पर्व तयारीसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हाे।

कार्यक्रममा वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरू,प्रहरी प्रतिनिधिहरु तथा समुदायका अगुवाहरूको सक्रिय सहभागिता रहेको छ।

शुक्रबार कञ्चनरुप नगरपालिकाको सभाहलमा अभिमुखिकरण कार्यक्रमको अध्यक्षता वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद साहले गरेका हुन् भने कार्यक्रमको सहजीकरण समाजसेवी समूह उदयपुरका जिल्ला संयोजक विनोद कुमार कार्कीले गरेका छन्। कार्यक्रममा वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरू,प्रहरी प्रतिनिधिहरु तथा समुदायका अगुवाहरूको सक्रिय सहभागिता रहेको छ।

विपद् जोखिम न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण : अभिमुखिकरणमा जोड

कार्यक्रममा सहभागीहरूलाई विपद् जोखिम, यसको व्यवस्थापन, र पर्वकालीन तयारी सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
सहजकर्ताले प्रस्तुत गरेअनुसार, विपद् जोखिम भन्नाले कुनै प्राकृतिक, मानवजन्य वा प्राविधिक घटनाबाट जीवन, सम्पत्ति, सेवा, वातावरण वा सामाजिक संरचनामा पर्न सक्ने सम्भावित क्षति वा नोक्सानीलाई जनाउँछ ।
साे कार्यक्रममा सहभागीलाई स्थानीय तहमा जोखिम न्युनिकरणका उपाय, समुदायको भूमिका, र आगामी पर्वहरूमा सम्भावित जोखिमहरूबाट कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी तथा अभ्यास प्रदान गरिएको थियो।

राजनीतिक दल, वडा सदस्य र सरोकारवालाको सक्रिय सहभागितामा विपद् अभिमुखिकरण

साे वडाध्यक्ष साहले उद्घाटन मन्तव्यमा भने, “विपद् व्यवस्थापन भनेको सरकारी कार्यक्रम मात्र होइन, यसमा सबै समुदायको भूमिका महत्वपूर्ण हुन्छ। यस्ता अभिमुखिकरणले हाम्रो समाजलाई सुरक्षित र सचेत बनाउँछ।” साे दुई दिने कार्यक्रम शनिवारसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस् ।