सिराहा,२१ असार । सिराहा नगरपालिका वडा नम्बर २ स्थित थाना चोकमा रहेको शर्मा मेसनरी पार्ट्समा शुक्रबार राति भीषण आगलागी हुँदा लाखौं मूल्य बराबरको सामग्री जलेर नष्ट भएको हाे ।

साे आगलागी स्थानीय अनुसार रातको करिब १ बजेतिर सुरु भएको आगोले पसलमा रहेको निर्माण सामग्री, उपकरण, इलेक्ट्रिक समान, प्लास्टिक र अन्य सरसामानमा व्यापक क्षति पुर्याएको हाे।
शर्मा मेसनरीमा भीषण आगो: समयमै उद्दार हुँदा ठूलो दुर्घटना टर्यो
साे आगलागी नियन्त्रण गर्न पाँचवटै सुरक्षा सिराहा नगरपालिकाको वारुण यन्त्र, नेपाली सेना, शस्त्र प्रहरी बल, नेपाल प्रहरी र नगर प्रहरी सहितको संयुक्त टोलीले करिब २ घण्टाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको हो।
स्थानीयवासीका अनुसार समयमै दमकल र सुरक्षा निकाय पुगेकाले आगो फैलिन नपाएको र ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
साे आगोलागीबाट भएको क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेको जनाइएको छ। प्रारम्भिक अनुमान अनुसार लाखौं मूल्य बराबरको क्षति भएको हुन सक्ने बताइएको छ।
सिराहामा अकस्मात आगलागीले मेसनरी पसल जलेर नष्ट, क्षतिको विवरण संकलन हुँदै
साे आगलागीको सटीक कारण हालसम्म नखुलेको भए पनि प्रारम्भिक अनुमान अनुसार विद्युत सर्ट सर्किटबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नगर प्रहरीले जानकारी दिएको छ।
साे घटनाको जानकारी पाउनेबित्तिकै आसपासका स्थानीयहरू पनि सक्रिय भएर उद्धारमा जुटेका थिए। उनीहरूको सहयोगले आगलागी नियन्त्रण कार्य थप सहज भएको सुरक्षाकर्मीहरूले जनाएका छन्।