img

सार्वजनिक वित्तीय सुधारतर्फ मधेश प्रदेशको ठोस कदम, मुख्यमन्त्री सिंहसँग एडीबी टोलीको छलफल


जनकपुरधाम, २२ जेष्ठ । मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (PFM) प्रणाली सुदृढ गर्दै पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनतर्फ महत्वपूर्ण प्रगति गरेको हाे।
यसैगरी एशियन डेभलपमेन्ट बैंक एडीबीको प्राविधिक सहयोगमा सञ्चालित  मूल्यांकन अन्तिम चरणमा पुगेको हाे।
बिहीबार जनकपुरधाममा प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग एडीबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्दै मूल्यांकनको प्रगतिबारे विस्तृत जानकारी गराएको हो। एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्यांकन प्रक्रिया, प्रारम्भिक निष्कर्ष र आगामी सुधार योजनाहरूमा केन्द्रित छलफल गरेको थियो।

साे मुख्यमन्त्री सिंहले प्रदेश सरकार वित्तीय अनुशासन, पारदर्शिता र परिणाममुखी कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै एडीबीको सहयोगप्रति आभार व्यक्त गरे।

उनले सार्वजनिक सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्न वित्तीय सुधार आवश्यक भएको बताउँदै यस्ता मूल्यांकनले सरकारको कार्यसम्पादनमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरे।
छलफलमा प्रदेशका प्रमुख सचिव मदन भुजेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह,एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठक सहभागी भएको हाे।

मुख्यमन्त्री सिंहसँग एडीबी प्रतिनिधिमण्डलको भेट, पारदर्शी वित्त प्रणालीबारे छलफल

एडीबी प्रतिनिधिमण्डलका अनुसार नेपालमा यसअघि गण्डकी प्रदेशले सार्वजनिक वित्तीय मूल्यांकन प्रक्रिया सम्पन्न गरिसकेको छ भने मधेश प्रदेशको मूल्यांकन हाल अन्तिम चरणमा पुगेको छ। मूल्यांकनले प्रदेशको बजेट योजना, खर्चको प्रभावकारिता, लेखा प्रणाली, सार्वजनिक खरीद व्यवस्थापनजस्ता पक्षहरूलाई समेटेको हाे।

मधेश सरकारको वित्तीय कार्यशैली सुदृढ गर्न एडीबीको प्राविधिक सहयोग

प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापनलाई मजबुत बनाउँदै संघीयतालाई सफल बनाउने दिशामा सार्थक प्रयास गरिरहेको यो प्रक्रिया नीति निर्माणदेखि कार्यान्वयनसम्म सुदृढ शासनको आधार तयार पार्ने विश्वास लिइएको हाे।


प्रतिक्रिया दिनुहोस् ।