अपूर्व न्यूज समाचारदाता ।
फतेपुर(सप्तरी), ५ असार । मधेस सरकारका प्रवक्ता समेत रहेकोे गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेस सरकारले सहिदहरुको सम्मान हुने गरि सरकारको कामलाई अगाडि बढाएको बताउनु भएको हाे।

बुधबार सप्तरीको सप्तकोशी नगरपालिकाको ३ नम्बर वडाको वडा सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री लेखीले साे कुरा बताउनु भएको हो।
सप्तकोशी वडा सभामा मन्त्री लेखीको सहभागिता, जनभावना संकलनमा जोड
मन्त्री लेखीले वीर सहिदहरुको सम्झना र सम्मानमा ठाउँ ठाउँमा सहिद स्मृति भवन,सहिद स्मृति पार्क,सामुदायिक भवन लगायतका संरचनाहरु निर्माण गर्ने कार्यक्रम रहेको बताए ।
उनले भने – सहिदका परिवारहरुका लागि पनि योजना तथा कार्यक्रम मधेस प्रदेश सरकारसंग रहेको छ।

त्यस्तै सोही सभामा सरकार प्रवक्ता लेखीले आफू प्रदेश सभा सदस्यमा निर्वाचित भए देखि नै गाउँ टोलमा पुगेर नियमित सल्लाह सुझाव लिने र जनभावनाहरु बुझ्ने गरेको बताउनु भएको छ।
उनले अगाडि भने “जनप्रतिनिधिहरु जितेर गएपछी एक पटक पनि मुख देखाउन समेत नआउने गरेको तितो यथार्थ जनताका सामु रहेको बेलामा भने म नियमित रूपमा जनताको साथ छु”।
ज्येष्ठ नागरिकलाई झुल र किसानलाई सम्मानपत्र वितरण
साे गृहमन्त्री लेखीले सप्तरी निर्वाचन क्षेत्र १(क) को प्रत्येक पालिकाको प्रत्येक वडामा २/३ वटा देखि ७/८ वटा योजनाहरुका लागि बजेट विनियोजन गर्ने कार्यलाई आउदो आ.व.२०८२/०८३ मा पनि निरन्तरता गरेको छु।
उनले भने -जहाँका स्थानीय जनप्रतिनिधि र जनताहरु सचेत र जागरुक छन् , त्यस ठाउँमा अलिक बढी योजना परेको छ।
साे गृहमन्त्री लेखीको प्रमुख आतिथ्य,सप्तकोशीका मेयर कृष्ण प्रसाद ढकाल र उपमेयर रिता चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको सभामा कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, वडा सदस्य मनु चौधरी अतिथि रहेको थियो।
साे वडा नं.३ का वाडा सभा वडा अध्यक्ष देवकान्त गोजेवार र वडा नं.१ का वडा अध्यक्ष रोहिणी पोखरेलको अध्यक्षतामा छुट्टाछुट्टै समय र स्थानमा वडा सभाको आयोजना भएको थियोे ।
सप्तरी क्षेत्र १(क) का हरेक वडामा बजेट विनियोजनको निरन्तरता
साे वडा नं.१ को सभा कार्यक्रममा सप्तकोशीका पुर्व मेयर तथा नेकपा एमालेका मधेस प्रदेश सदस्य उत्तम गौतम पनि अतिथि रहेका थिए ।
गृहमन्त्री लेखीले वडा नं. १ का सभामा ज्येष्ठ नागरिकहरुलाई सुपरनेट झुल समेत वितरण गरेको र किसानहरुलाई कदरपत्र द्वारा सम्मान पनि गरेको छ।