img

सहयोगी सहकारीद्वारा श्रद्धाञ्जली: मृतक सदस्यका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),१५ असार । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कञ्चनरुप नगरपालिका–८ कञ्चनपुरका सेयर सदस्य मो. गुलाब रसुलको असमायिक निधनले संस्था अत्यन्त मर्माहत भएको जनाएको हाे।

तिरहुत गाउँपालिका–३, गोइठी निवासी गुलाब रसुलको निधनप्रति सहकारी संस्थाले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको हाे।

सहयोगी साकोसको श्रद्धाञ्जलि: मृत सदस्यका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

साे संस्थाका अध्यक्ष अनाेज यादव, व्यवस्थापक विनोद दास तथा अन्य कर्मचारीहरूको उपस्थितिमा मृतक रसुलकी धर्मपत्नी सबरून खातुनलाई क्रियाकर्म खर्च स्वरूप नगद पच्चिस हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।
सहकारी संस्थाले दुःखद घडीमा पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै भविष्यमा पनि आवश्यक सहकार्य र साथ प्रदान गर्ने प्रतिबद्धता जनाएको हाे।


प्रतिक्रिया दिनुहोस् ।