img

सप्तरीमा एकैदिन छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु: करेन्ट, झुण्डिएको र आत्महत्याको शंकासहित घटना


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ३ साउन । सप्तरीकाे तीन फरक घटनामा एक महिला, एक युवक र एक किशोरीको मृत्यु भएको हाे ।

फाइल फाेटाे ।

शनिबार पहिलो घटना अग्निसाइर कृष्णासवरण गाउँपालिका–४, टेङग्रीमा घटेको हो। आफ्नै खेतमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर स्थानीय ७० वर्षीया उर्मिला देवी यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हाे।
प्रहरीका अनुसार खेतमा करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि राजविराज अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

विद्युत, झुण्डिएको र आत्महत्याको आशंका: सप्तरीमा तीन फरक घटनामा तीनको मृत्यु

त्यसैदिन सोही गाउँपालिका–४, बनौलीमा १९ वर्षीय युवक अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
रुखमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साे तेस्रो घटना राजविराज नगरपालिका–८, हिमालय टोलमा भएको हो। कृष्ण पोखरेलको घरमा डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–१ निवासी २९ वर्षीया रितु पौडेल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार सिलिङ पङ्खामा खादाको पासो लगाई आत्महत्या गरेको आशंका गरिएको छ। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ।
तीनवटै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हाे।


प्रतिक्रिया दिनुहोस् ।