काठमाडौं, २२ भदौ । सप्तरीको कञ्चनपुरकी नन्दनी शर्माले मिस नेपाल इन्टरनेशनल ग्ल्याम वर्ल्ड २०२५ को ताज जितेर नयाँ इतिहास रचकी छिन्।
यसअघि पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी शर्मा यस पटक उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेकी हुन्।

उपाधि प्राप्त गरेपछि खुसी व्यक्त गर्दै शर्माले भनिन्, “यो ताज केवल मेरो मात्र होइन, मेरो परिवार, मेरो समुदाय र मलाई साथ दिने सबैको हो। आत्मविश्वास, धैर्य र दृढ संकल्प भए सपना वास्तविकता बन्न सक्छन् भन्ने यस यात्राले प्रमाणित गरेकी छिन् ।”

नारी सशक्तिकरणको सन्देश
शर्माले आफ्नो जीतलाई नारी सशक्तिकरणको संदेशसँग जोड्दै भनिन्, “म यस प्लेटफर्ममार्फत युवतीहरूलाई आफ्नो विशिष्टतालाई आत्मसात गर्न, आफैंमा विश्वास गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छु।”


नयाँ यात्राको सुरुवात
उनका अनुसार, यो उपाधि अन्त्य होइन, बरु नयाँ यात्राको सुरुवात हो। “अब म उद्देश्य र जोशका साथ अघि बढ्न तयार छु,” उनले दृढतापूर्वक भनिन्।
नन्दनी शर्माको यो उपलब्धिले सप्तरी मात्र नभई सम्पूर्ण नेपालको गौरव बढाएको छ।