अपूर्व न्यूज समाचारदाता ।
कञ्चनरुप (सप्तरी), १ भदौ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले विद्यालयका लागि जग्गा व्यवस्थापनमा स्थानीय समुदायलाई आह्वान गर्दै आवश्यक बजेटका लागि सरकार सधैं तत्पर रहने प्रतिबद्धता जनाएकाेे हाे ।

साे सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्मित कञ्चनरुप नगरपालिका वडा नं.१ स्थित कोशी माँ सामुदायिक भवनको आइतबार बिहान एक भव्य समारोहबीच उद्घाटन कार्यक्रममा साे कुरा बताउनु भएको हाे ।
साे नवनिर्मित भवन उद्वघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री साहले कञ्चनरुप नगरपालिकाको विद्यालय तथा पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताएकाे हाे ।
जग्गा दिनुहोस्, रकम म दिन्छु” : मन्त्री नवल किशोर साह
“मन्त्री साहले,भने- बालबालिकाले टाढा बैरवा वा बरमझिया पढ्न जानुपर्ने बाध्यता अत्यन्तै दुःखद छ। बाटोमा दुर्घटनाको खतरा रहन्छ। त्यसैले सामुदायिक विद्यालय स्थानीयकै पहल र सक्रिय सहयोगमा बन्नैपर्छ।”
“जग्गा छैन भने किन्नुपर्ने हुन्छ, त्यसका लागि आवश्यक रकम दिन म तयार छु,” उनले स्पष्ट पारे।
साे कञ्चनरुप नगरपालिकाका मेयर प्रत्यासी उम्मेदवार भोला पासवानले मलकोलमा विद्यालय निर्माण अत्यावश्यक रहेको दोहोर्याउँदै भने,-“समाजिक विकास मन्त्रालयले विद्यालय निर्माणको योजना बनाए पनि पूरा हुन सकेन। यहाँका बालबालिकाले दैनिक आधा घण्टा पैदल हिँडेर बैरवा वा बरमझिया पुग्नुपर्ने बाध्यता छ, जुन पीडादायी अवस्था हो।”
साे बजेट मन्त्री साह लालबाबु राउतले नेतृत्वमा मधेश प्रदेश भएको समयमा सामाजिक मन्त्री भएको बेलामा सामाजिक विकास मन्त्रालयबाट बजेट विनियोजन गरिएको थियौं ।
साे कञ्चनरुप नगरपालिकाकाे वडा नं. २ मा करिब ३ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयन भइरहेको र मलकोल क्षेत्रका सडकलाई आरसिसी ढलानमार्फत व्यवस्थित पार्ने काम अघि बढाइने जानकारी दिए।
३ करोडको योजना कार्यान्वयन, मलकोलका सडक आरसिसी ढलान हुँदै
साे कार्यक्रममा युवा नेता एवम् समाजसेवी सुमित कुमार शाह, मधेस प्रदेश सदस्य दिनेश कुमार यादव, जिल्ला महिला सदस्य अनुरधा देवी शाह, जसपा नेता चितरंजन यादव, हसमुद्दिन शेख, दलित महिला वडा सदस्य चम्पा देवी सरदार, स्थानीय बिनोद कुमार दासलगायतका स्थानीय बुद्धिजीवी तथा अगुवाको उपस्थिति थियो।
साे उद्वघाटन समारोह कोशी माँ युवा क्लब मलकोलका अध्यक्ष लालकिशोर साहको अध्यक्षतामा, स्वागत मन्तव्य युवा नेता अनिल कुमार पंझियारले तथा सञ्चालन जसपा नेता रामदेव शर्माले गरेका थिए।