img

सञ्चार प्राधिकरणमार्फत मधेश प्रदेशका २ सय ८३ सञ्चारमाध्यमलाई ९० लाख रुपैयाँ भुक्तानी


राजकुमार पासवान ।
जनकपुरधाम,२३ असार । मधेश प्रदेश सरकारले सञ्चार क्षेत्रको प्रवर्द्धनका लागि आमसञ्चार प्राधिकरणमार्फत चालु आर्थिक वर्ष २०८१/०८२ मा ९० लाख रुपैयाँको लोककल्याणकारी विज्ञापन वितरण गरेको हाे।

मौफसल तथा ग्रामीण भेगका मिडियाको संरक्षण र प्रवर्द्धन : आमसञ्चार प्राधिकरणका अध्यक्ष खडका

उक्त रकम मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत आमसञ्चार प्राधिकरणमा सूचीकृत २ सय ८३ वटा सञ्चारमाध्यमलाई प्रदान गरिएको हो।

आमसञ्चार प्राधिकरण मधेश प्रदेश

साे आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले,भने- भुक्तानी प्राप्त गर्ने सञ्चारमाध्यमहरूमध्ये ९ वटा टेलिभिजन, ६५ वटा एफएम रेडियो, १ त्रैमासिक, १ द्वैमासिक, ४ मासिक, १सय ४ साप्ताहिक, ४७ दैनिक पत्रिका तथा ४० वटा अनलाइन सञ्चारमाध्यम छन्। साथै, विभिन्न कारणवश छुट भएका १२ वटा सञ्चारमाध्यम पनि भुक्तानी सूचीमा समावेश छन्।

मधेश प्रदेशका पत्रकारका लागि दुर्घटना, स्वास्थ्य र जीवन बीमा योजना तयारीमा : मुख्यमन्त्री प्रेस सल्लाहकार झा

साे आमसञ्चार प्राधिकरणका अध्यक्ष खडकाले भने, “मधेश प्रदेशका मौफसल तथा ग्रामीण भेगमा सञ्चालनमा रहेका साना मिडियाको संरक्षण र प्रवर्द्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको हाे।”
यता मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अवधेश झाले लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने जानकारी गराउँदै यसले सञ्चारमाध्यमहरूको सशक्तिकरण र आत्मनिर्भरतामा सहयोग पुर्‍याउने बताए।

साना मिडियाको संरक्षणका लागि मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुन मन्त्रालयकाे महत्वपूर्ण पहल

साे मुख्यमन्त्री प्रेस सल्लाहकार झाले थपे, “आगामी वर्षदेखि प्राधिकरणमा दर्ता भएका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूका लागि दुर्घटना, स्वास्थ्य तथा जीवन बीमाको व्यवस्था गरिने तयारी भइरहेको छ।”
वहाँले,सञ्चारकर्मीहरूको पेशागत सुरक्षासँगै संस्थागत मजबूतीका लागि सरकारको यो पहललाई सञ्चार क्षेत्रका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस् ।