img

सरदार बाँतर समुदायको राष्ट्रिय भेलाद्वारा सर्वसम्मतिले श्यामसुन्दर सरदार सभापतिमा चयन


राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी), १५ भदौ। सरदार बाँतर समुदायको राष्ट्रिय भेलाबाट सर्वसम्मतिले केन्द्रीय सभापतिमा श्यामसुन्दर सरदार सर्वसम्मतिले चयन भएको हाे ।

सरदार बाँतर समुदायको राष्ट्रिय भेलामा प्रमुख अतिथि,अतिथिगण एवम् सरदार प्रतिनिधिहरुकाे उल्लेखनीय उपस्थित ।

शनिबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुरमा सम्पन्न सरदार बाँतर समुदायको राष्ट्रिय भेलाले ४१ सदस्यीय राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्र गठन गरेको हाे ।
साे नवगठित केन्द्रमा वरिष्ठ उपाध्यक्षमा सर्जुक सरदार (सुनसरी), उपाध्यक्षमा रञ्जना सरदार (सुनसरी), दिनेश सरदार (महोत्तरी), रामसोेगारथ माझी (सिरहा) र बच्चेलाल सरदार (सप्तरी) चयन भएका छन् ।
त्यस्तै महासचिवमा सगमलाल माझी (सिरहा), सचिवमा बोएलाल माझी (धनुषा), सहसचिवमा सुर्यनारायण सरदार(संजय) सप्तरी र कोषाध्यक्षमा वविता कुमारी सरदार (महोत्तरी) सर्वसम्मतिले भएकी छिन् ।

सरदार बाँतर समुदायको संरक्षण र अधिकारका लागि नयाँ नेतृत्वसहित सरदार सरदार केन्द्र गठन : सभापति सरदार

साे केन्द्रका सभापति श्यामसुन्दर सरदारले केन्द्रलाई विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय सप्तरी र समाज कल्याण परिषद्मा दर्ता तथा आवद्धता प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभएकाे हाे।
साे सभापति सरदारले,भने- समुदायलाई संगठित गर्दै जातीय समुदायको संरक्षण, समृद्धि र हक अधिकार सुनिश्चितताका लागि केन्द्र सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।


प्रतिक्रिया दिनुहोस् ।