img

शिक्षा क्षेत्रमा सबैभन्दा कमजोर रहेको भन्दै चिन्ता : निर्देशक पासवान


कञ्चनपुर(सप्तरी),५ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.५ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, पिप्रापुर्वलाई दुई सेट कम्प्युटर हस्तान्तरण गरिएको हाे ।

कञ्चनरुप नगरपालिका वडा नं.५ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, पिप्रापुर्व बिधार्थीहरु ।

बिहीबार रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौं र दलित सरोकार मञ्चको सहकार्यमा विद्यालयलाई कम्प्युटर उपलब्ध गराइएको हो ।
साे कार्यक्रममा दलित सरोकार मञ्चका निर्देशक भोला पासवानले मधेस प्रदेश शिक्षा क्षेत्रमा सबैभन्दा कमजोर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारी विद्यालयमा कम्प्युटर र अंग्रेजी शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारी विद्यालयमा व्यवस्थापन चुनौतीका बाबजुद प्राविधिक शिक्षा प्रवर्धन

सर्वोदय माध्यमिक विद्यालयमा ३७ वटा कम्प्युटर वितरण भए पनि व्यवस्थापन अभावले ३५ वटा बिग्रिएको उदाहरण दिनुभयो ।
साे रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख दिपक गजुरेलले स्थानीय स्तरमा विज्ञान प्रयोगशाला र कम्प्युटर सहयोग भए पनि निरन्तर व्यवस्थापनमा चुनौती रहेको बताए ।
विद्यालयका सभापति प्रा. गुल्बन्ती चौधरीले कम्प्युटर सहयोगप्रति खुशी व्यक्त गर्दै विद्यालयमा व्यवस्थापन र सुरक्षाको कमी रहेको बताउनुभयो । सहभागीहरूले शिक्षा सुधारमा सामूहिक पहल आवश्यक भएकोमा जोड दिएका थिए ।

शिक्षा सुधारका लागि समुदाय र संस्थाको संयुक्त प्रयास

साे कार्यक्रममा कबिलसाका प्राध्यापक महेश परियार, पथरीका प्राध्यापक गजेन्द्र प्रसाद देव, सुतापुरका प्राध्यापक पर्शुराम शर्मा, दलित सरोकार मञ्चका कर्मचारी मनिष पोखरेल, अभिनाश गजुरेल तथा अभिभावकहरू सहभागी रहेका थिए


प्रतिक्रिया दिनुहोस् ।