img

शम्भुनाथ नगरपालिकालाई समावेशी नीति र न्यायपूर्ण विकासका लागि ज्ञापनपत्र : मञ्चद्वारा माग


राजकुमार पासवान  ।
शम्भुनाथ (सप्तरी), ९ असार । शम्भुनाथ नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमा सामाजिक समावेशिता र न्यायपूर्ण विकास सुनिश्चित गर्न दलित सरोकार मञ्च नेपालले सुझावसहितको ज्ञापनपत्र बुझाएको हाे।
साे दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यक्रम संयोजक भोला पासवानको नेतृत्वमा गएको टोलीले नगरका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नगर विकासका प्राथमिक क्षेत्रहरूमा गम्भीर ध्यान दिन आग्रह गरेको हो।

विकासको गति बढाउन स्मार्ट सिटी संरचना र यातायात गुरुयोजनामा जोड

साे ज्ञापनपत्रमा नगर यातायातको दीर्घकालीन गुरुयोजना निर्माण, स्मार्ट सिटी अवधारणाको कार्यान्वयन, दिगो आवास विकास, सिमान्तकृत समुदायका लागि लक्षित कार्यक्रमहरू, विपद् व्यवस्थापन योजना, तथा जातीय भेदभावविरुद्ध गठन गरिएको समितिको सशक्तिकरणजस्ता बुँदागत सुझावहरू समेटिएका छन्।
मञ्चका अनुसार शम्भुनाथ नगरपालिका २०७३ सालमै स्मार्ट सिटी अवधारणामा समेटिएको भए पनि हालसम्म संरचना निर्माण र लगानी अभावका कारण अपेक्षित विकास गति लिन सकेको छैन। यसै सन्दर्भमा मञ्चले यातायात, आवास र आधारभूत पूर्वाधारमा नीतिगत स्पष्टता आवश्यक रहेको औंल्याएको छ।

मञ्चद्वारा विपद् व्यवस्थापनदेखि जातीय भेदभाव अन्त्यसम्म: मञ्चको १२ बुँदे सुझाव

साे ज्ञापनपत्रमा नगरभित्र सुरक्षित, किफायती र वातावरणमैत्री सार्वजनिक यातायात विकास गर्न गुरुयोजना तयार गर्न, सडक पहुँच नभएका वडामा पूर्वाधार विस्तारमा प्राथमिकता दिनुपर्ने, र सस्तो तथा सुरक्षित आवास निर्माणका लागि छुट्टै नीति आवश्यक रहेको उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृतलाई सुझावपत्र बुझाउँदै मञ्चका कर्मचारी मनिष काेइराला  “समावेशी र न्यायपूर्ण नीति निर्माणको माग”

साे ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुतिहारले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत तहमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रम अधिकृत मनिष कोइरालाले ज्ञापनपत्र बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस् ।