अपूर्व न्यूज समाचारदाता ।
रुपनगर(सप्तरी) २५ असार । कञ्चनरुप नगरपालिकाकाे रूपनगर चोकमा आँपको प्रतिविम्बस्वरूप मूर्तिकलात्मक संरचना निर्माण गर्न माग गर्दै स्थानीयवासीहरूले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

मंगलबार रूपनगरवासीहरु कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्तालाई रूपनगर क्षेत्रलाई ऐतिहासिक रूपमा आँपको व्यावसायिक बगैँचाका रूपमा चिनिँदै आएको उल्लेख गर्दै स्थानीय अगुवाहरूले उक्त पहिचान झल्किने संरचना निर्माण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हाे । साे ज्ञापनपत्र बुझाउने टोलीमा बुद्धिजीवी, व्यापारी, समाजसेवी र युवाको उल्लेखनीय सहभागिता थियो।
रूपनगरको पहिचान झल्किने ‘आँप प्रतिविम्ब’ निर्माणको माग
स्थानीयका अनुसार रूपनगर क्षेत्र दशकमैख देखि आँप उत्पादनको केन्द्रका रूपमा स्थापित छ। “रूपनगरलाई आँपको बगैँचाको प्रतीकका रूपमा चिनाउने प्रयत्नले नगरको सांस्कृतिक सम्पदा संरक्षणसँगै आर्थिक पहिचानलाई पनि थप उचाइ दिनेछ,” ज्ञापन बुझाउने समूहको तर्क छ।
रूपनगरको ऐतिहासिक पहिचान संरक्षणका लागि मूर्ति निर्माणको पहल
साे नगरप्रमुख गुप्ताले ज्ञापनपत्र ग्रहण गर्दै भने,-स्थानीयको मागप्रति सकारात्मक धारणा व्यक्त गरे। “रूपनगर चोकलाई आँप बगैँचाको प्रतीक बनाउने विषयमा हामी गम्भीर छौं। जनभावनाको सम्मान गर्दै आवश्यक प्रक्रिया अगाडि बढाइनेछ,” उनले भने।
साे ज्ञापनपत्र बुझाएसँगै स्थानीयवासीहरूले तत्काल प्रक्रिया अघि बढाई मूर्ति निर्माण कार्य थाल्न नगरपालिकासँग आग्रह गरेका छन्।