img

राससद्वारा आयोजित पर्वतीय पर्यटनसम्बन्धी तस्वीर प्रदर्शनी सम्पन्न


उपेश नाैवाग ।
काठमाण्डाै, १६ असार। गणतन्त्र दिवस २०८२ को अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ विषयक विशेष तस्वीर प्रदर्शनी सम्पन्न भएको हाे।

राससद्वारा आयाेजित प्रदर्शनीको समापन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अवलोकन गर्दै ।

साेमबार प्रदर्शनीको समापन नेपाली कांग्रेसका महामन्त्री तथा हिमाल आरोही विश्वप्रकाश शर्माले अवलोकन गरी गर्नुभएको हो। उहाँले सो अवसरमा रासस मिडिया संग्रहालयको समेत अवलोकन गर्नुभएको हाे।

गत जेठ ११ गतेदेखि सञ्चालनमा आएको उक्त प्रदर्शनीमा उपप्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरू, संघीय सांसदहरू, राजनीतिक दलका नेताहरू, प्रदेश तथा स्थानीय तहका प्रमुखहरू, नेपालस्थित विभिन्न देशका राजदूतहरू, सरकारी अधिकारी, सञ्चारकर्मी, पर्यटन क्षेत्रका विज्ञ तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रासस अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा सहभागिता जनाएका सबै विशिष्ट अतिथि, सरोकारवाला तथा अवलोकनकर्ताहरूप्रति आभार प्रकट गर्नुभएको छ।

साथै प्रदर्शनी सफलतापूर्वक सञ्चालनमा खटिनु भएका राससका निवर्तमान महाप्रबन्धक सिधाराज राईसहित सम्पूर्ण रासस परिवार र सहयोग पुर्‍याउने अन्य निकाय तथा व्यक्तिहरूप्रति पनि अध्यक्ष झाले धन्यवाद व्यक्त गर्नुभएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।