img

राज्यका हरेक निकायमा दलितको पहुँच सुनिश्चित गर्नुपर्छ : मन्त्री लेखी


अपूर्व न्यूज समाचारदाता ।
गंगाजली (सप्तरी), १० असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री एवम् नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका राजकुमार लेखीले राज्यका हरेक निकायमा दलित समुदायको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएका छन्।

सप्तकोशी नगरपालिका वडा नं. ५, गंगाजलीस्थित वडा अधिवेशनमा नेता तथा कार्यक्रताहरु उल्लेखनीय उपस्थिती।

मंगलबार नेकपा (एमाले) सप्तरीद्वारा आयोजित सप्तकोशी नगरपालिका वडा नं. ५, गंगाजलीस्थित वडा अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री लेखीले यस्तो धारणा राखेका हुन्।
गृहमन्त्री लेखीले दलित समुदायलाई वडास्तरदेखि लिएर नगरप्रमुख, प्रहरी, सेना र न्यायालयसम्म समान प्रतिनिधित्व र अधिकार प्राप्त हुनुपर्नेमा जोड दिए।

दलित अधिकार सुनिश्चित गर्न एमाले प्रतिबद्ध : गृहमन्त्री राजकुमार लेखी

“दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने काम नेकपा एमाले मात्रले गर्न सक्छ,” मन्त्री लेखीले भने, “हामी त्यसतर्फ प्रतिबद्ध छौं।”
साे मन्त्री लेखीले हालै मात्र मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयमार्फत सप्तरीको कञ्चनरुप नगरपालिका–८, कञ्चनपुर निवासी मन्नु पासवानलाई मिडिया काउन्सिलको बोर्ड सदस्यमा नियुक्त गरिएको जानकारीसमेत दिए।

मिडिया काउन्सिलमा मन्नु पासवानको नियुक्ति, मन्त्री लेखीले दिए समावेशी प्रतिनिधित्वको संकेत

साे गृहमन्त्री लेखी अनुसार उक्त काउन्सिल समावेशी बनाइएको छ, जसमा दलित प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ।
साे वडा अधिवेशनमा नेकपाका नेता, कार्यकर्ता र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस् ।