img

रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधको विरोधमा सांसद सिंह र पूर्वमन्त्री रमेश पाण्डेकाे समर्थन


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, ११ साउन। सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे पक्षमा हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएकाे हाे।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे पक्षमा पार्टी कार्यालयमा सान्दर्भिक भनाइ राख्दै ।

आइतबार रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि राज्यद्वारा राजनीतिक प्रतिशोध साँधिएको भन्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको हा। सोही अभियानलाई समर्थन जनाउँदै सांसद सिंह र पूर्वमन्त्री रमेश पाण्डे रास्वपाको केन्द्रीय कार्यालय पुगेर हस्ताक्षर गरेकाे हाे।

राजनीतिक प्रतिशोधको विरोधमा देशव्यापी हस्ताक्षर अभियान : स्वतन्त्र सांसदको समर्थन

रास्वपाले लामिछानेमाथि भएको मुद्दालाई राजनीतिक पूर्वाग्रहले प्रेरित भएको दाबी गर्दै नागरिक तहबाट दबाब सृजना गर्न यो अभियान सुरु गरेको हो।


प्रतिक्रिया दिनुहोस् ।