राजकुमार पासवान ।
काठमाडौं, ३० असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा न्यायका लागि हस्ताक्षर गर्दै भने,- हौसिएर होइन, बुझेर गरेकाे हाेे ।

साेमबार रास्वपा मुख्यालय, चोभारस्थित च:मति पुगेर डा. राउतले हस्ताक्षर गरेका हाे। हस्ताक्षर पछि पत्रकारहरूसँग कुरा गर्दै उनले यो कदम भावनामा बगेर नभइ, विचारपूर्वक लिएको दाबी गरे।
हामी पनि न्यायका लागि निरन्तर लड्दै आएका हौँ। यो हस्ताक्षर हौसिएर गरेका होइनौँ, बुझेरै गरेका हौँ,” डा. राउतले भने।
रास्वपाले हालै लामिछानेमाथिको अदालतको फैसलाविरुद्ध समर्थन जुटाउँदै हस्ताक्षर संकलन अभियान चलाइरहेको छ। तर, उक्त अभियानप्रति प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी) लगायतले भने प्रत्यक्ष विरोध नगरी मौन समर्थन जनाइरहेको देखिन्छ।
यस्तो परिस्थितिमा अन्य दलका शीर्ष नेताहरूले हस्ताक्षरबाट टाढा रहँदा डा. राउतको स्पष्ट सहभागिताले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।
राजनीतिक मौनबीच डा. राउतको साहसी कदम : रवि लामिछानेको पक्षमा हस्ताक्षर
रास्वपाका नेताहरूले यसलाई एक ‘साहसी ऐक्यबद्धता’ का रूपमा व्याख्या गरेका छन् भने समीक्षकहरू यसलाई मधेस-केन्द्रित दल र नयाँ शक्तिहरूबीचको समीकरण परिवर्तनको संकेतका रूपमा हेर्न थालेका छन्।