img

रविलाई जेल हालेर सकाउने प्रयास उल्टियो, रास्वपा झन् झन् जनताको घरघरमा स्थापित


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं , १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पटक–पटक कानुनी र राजनीतिक आक्रमणहरू भए। उनलाई जेलसम्म पठाउने रणनीतिहरू तय गरिए, आरोपको जालो बुनेर बदनाम गर्ने प्रयास गरियो।
तर, ती सबै प्रयासहरू उल्टो सावित भए।

राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय कार्यालय ।

लामिछानेमाथि गरिएको नियोजित हमला र चरित्र हत्या गर्ने चेष्टा जनताले राम्रोसँग बुझ्न सके र त्यसपछि रास्वपा झन् बलियो भएर उदायो।
सामान्यतया यस्ता परिस्थितिमा कुनै पनि नेता र पार्टी कमजोर हुनेगर्छ। तर रास्वपा र रविले त्यसलाई जनसम्पर्कको अवसरमा बदले। रवि लामिछानेमाथिको अन्यायको विरोध गर्दै आमजनता सडकमा उत्रिए, सामाजिक सञ्जालदेखि चोकचोकसम्म रास्वपाको पक्षमा स्वर उठ्यो। यही कारण रास्वपा झन् जनताका मुटुमा बस्न थाल्यो।

रवि लामिछानेमाथिको हमला उल्टियो, रास्वपा जनताको विश्वासको केन्द्रमा

आजको दिनमा रास्वपा मात्र एउटा राजनीतिक दल नभएर नयाँ पुस्ताको आशा र परिवर्तनको पर्याय बनेको छ। रविको प्रत्यक्षताको शैली, सरोकारका मुद्दामा निर्भीक बोल्ने साहस र पुरानाप्रति प्रश्न उठाउने सोचले पार्टीलाई देशका कुना–कुनामा पुर्‍याएको छ। बच्चादेखि वृद्धसम्म रास्वपा र रविको चर्चा हुन थालेको छ।

रास्वपाका एक सांसदले,भने-मधेश, काठमाडौं, पोखरा, चितवन, झापा लगायतका क्षेत्रहरूमा रास्वपाको लोकप्रियता उल्लेख्य रूपमा बढेको छ। पुराना दलहरूप्रति वितृष्णा बढ्दै जाँदा रास्वपा जनताको पहिलो रोजाइ बन्दै गएको छ।

संकटलाई अवसरमा बदले रास्वपाले, जनताको घर–घरमा विस्तार

रास्वपाको वृद्धि देख्दा पार्टीका आलोचकहरू नै चकित छन्। जेल पठाउनेहरूले रविको राजनीतिक भविष्य सकाउने सपना देखेका थिए, तर उनले त्यो चुनौतीलाई अवसरमा बदल्दै जनसमर्थन झनै बलियो बनाएका छन्।


प्रतिक्रिया दिनुहोस् ।