अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,२९ साउन । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य तथा तिरहुत गाउँपालिका–१, धन्पुरी निवासी देव नारायण धनखोटीको असामयिक निधन भएको दुःखद खबरले सम्पूर्ण सहकारी परिवार मर्माहत भएको हाे।

बिहीबार स्वर्गीय धनखोटीको निवासमा तिरहुत गाउँपालिकाका निवर्तमान अध्यक्ष हेमन्त बहडखैर यादवकाे विशेष उपस्थितिमा सहकारीका अध्यक्ष अनाेज यादव, व्यवस्थापक विनाेद दास, सहकारीका अन्य कर्मचारी तथा स्थानीय समाजसेवीहरूले उपस्थित रही उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन्।
देव नारायण धनखोटीको निधनप्रति सहयोगी सहकारीको श्रद्धाञ्जली
साे अवसरमा सहकारी संस्थाले मृतकको परिवारलाई क्रियाखर्चका लागि रु. २५,००० प्रदान गरेको हाे।
साे सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप नगरपालिका–८, कञ्चनपुर, सप्तरीका अध्यक्ष यादवले,भने- आर्थिक सहयोग मृतक परिवारप्रति सहानुभूति र साथको प्रतीकस्वरूप प्रदान गरिएको हो।