img

मुख्यमन्त्री सिंहद्वारा गुरु पूर्णिमाका अवसरमा शुभकामना


राजकुमार पासवान ।
जनकपुरधाम, २६ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूप्रति सम्मान प्रकट गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।

गुरु पूर्णिमाको अवसरमा शिक्षा र नैतिकताको प्रेरणा दिन मुख्यमन्त्री सिंहको आह्वान

बिहीबार मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै शिक्षा, संस्कार र चेतनाको माध्यमबाट नैतिकता र सदाचारको मार्गमा डोर्याउने गुरुहरू प्रति श्रद्धा व्यक्त गरेकाे हाे। वहाले, “हामी सबैलाई सत्मार्ग देखाउँदै ज्ञान प्रदान गर्ने गुरुले अज्ञानताको अन्धकार हटाउने कार्य गर्नुहुन्छ, त्यसैले गुरु देवतुल्य हुनुहुन्छ।”

गुरु पुर्णिमाकाे मुख्यमन्त्री सिंहद्वारा आज सामाजिक सञ्जालमा शुभकामना सन्देश

साे मुख्यमन्त्री सिंहले गुरुहरूप्रति सधैं उच्च सम्मान कायम राख्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै गुरु पूर्णिमाको यस पावन अवसरले शिक्षा, ज्ञान, चेतना र नैतिकताको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस् ।