img

मुख्यमन्त्री सिंहद्वारा सुधार केन्द्रको आकस्मिक अनुगमन : सेवागुणस्तर सुधार गर्न निर्देशन


अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,१६ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमवार साँझ जनकपुरधाम–८ स्थित नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसन सुधार केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको हाे ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमवार साँझ जनकपुरधाम–८ स्थित नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसन सुधार केन्द्र गर्दै ।

साे अनुगमनका क्रममा दुवै सुधार केन्द्रमा रहेका बालबालिकाको अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै सेवागुणस्तरमा तात्कालिक सुधार गर्न निर्देशन दिनुभएको हाे ।साे मुख्यमन्त्री सिंहका अनुसार नयाँ मुस्कान सुधार केन्द्रमा ५० जनाको क्षमता भए पनि १०५ जना बालबालिका राखिएको भेटिएको छ । साथै कोठा व्यवस्थापन अव्यवस्थित, शुल्क लिने प्रक्रिया अपारदर्शी र कोठामा अत्यधिक भीडको कारण बालबालिकालाई असहज हुने अवस्था देखिएको उहाँको भनाइ छ ।

सुधार होइन, भीडभाडको स्थल! सुधार केन्द्रको अवस्था देखेर मुख्यमन्त्री सिंह चिन्तित

साे “सुधार केन्द्र भन्नासाथ सुधार अनुभूति हुने वातावरण हुनुपर्छ, यातना वा भीडभाडको स्थल होइन”, मुख्यमन्त्री सिंहले भने । उहाँले तत्काल सुधार केन्द्र व्यवस्थित गर्न र बालबालिकाको खानपान, सुत्ने र बस्ने स्थानको गुणस्तर सुधार गर्न केन्द्रका सञ्चालकलाई निर्देशन दिनुभएको हाे ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नियमभन्दा दोब्बर बालबालिका, अपारदर्शी शुल्क: सुधार केन्द्रको अव्यवस्था तत्काल सुधार गर्न निर्देशन ।

त्यस्तै किशोरी फाउन्डेसन सुधार केन्द्रमा पनि एउटै कोठामा धेरैलाई कोचिएर राखिएको, खाना गुणस्तरहीन रहेको लगायतका समस्याहरू देखिएको भन्दै मुख्यमन्त्रीले सुधारका लागि निर्देशन दिनुभयो । उहाँले सुधार केन्द्रलाई सभ्य नागरिक उत्पादन गर्ने स्थानको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएकाे हाे।

जनकपुरका सुधार केन्द्रहरूमा भीड, अव्यवस्थित बसोबास र फिक्का खाना: मुख्यमन्त्रीले दिए कडा चेतावनी

साे “सुधार केन्द्र सरकारी मापदण्डअनुसार व्यवस्थित हुनैपर्छ,” सिंहले भन्नुभयो, “अभिभावकले भर परेर पठाएका बालबालिकालाई न्याय दिनु सञ्चालकहरूको दायित्व हो ।”


प्रतिक्रिया दिनुहोस् ।