img

मुख्यमन्त्री सिंहको जटही यात्रा : सहिद दुर्गानन्द झाकी धर्मपत्नीलाई स्वास्थ्यबारे चासो


राजकुमार पासवान ।
जनकपुरधाम, २२ साउन। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गणतान्त्रिक आन्दोलनका अग्रणी योद्धा अमर सहिद दुर्गानन्द झाका धर्मपत्नी श्रीमती काशीदेवी झासँग बुधबार भेटघाट गरेकाे हाे ।

गणतन्त्रका अग्रणी सहिद झा परिवारसँग मुख्यमन्त्री सिंहको भेटघाट

साे मुख्यमन्त्री सिंह धनुषा जिल्ला नगराइन–२ स्थित जटही गाउँस्थित झा परिवारको निवास पुगेका थिए। भेटका क्रममा उनले श्रीमती झाको स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिएकाे हाे ।
सहिद दुर्गानन्द झाले नेपालको गणतान्त्रिक यात्रा र लोकतन्त्र स्थापनामा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले देश र जनताको हितका लागि गरिएको उहाँको बलिदान सधैं स्मरणीय रहने बताएका छन्।

सहिद दुर्गानन्द झाको त्याग सम्पूर्ण नेपालीका लागि प्रेरणा: मुख्यमन्त्री सिंह

उनले सहिद दुर्गानन्द झाको साहस, त्याग र देशप्रतिको निष्ठा सम्पूर्ण नेपालीका लागि प्रेरणादायी रहेको पनि बताए।


प्रतिक्रिया दिनुहोस् ।