img

मुख्यमन्त्री सिंहको छड्के अनुगमन : अवैध कर असुलीमा संलग्न तीन जना पक्राउ


अपूर्व न्यूज समाचारदाता ।
परवानीपुर(पर्सा), ९ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डमा रहेका ढाटहरूमा छड्के अनुगमन गर्नु भएको छ।
साे अनुगमनका क्रममा भारतबाट आएका सवारीसाधनहरूमाथि तोकिएको भन्दा बढी सवारी कर असुली भइरहेको गुनासोपछि मुख्यमन्त्री सिंह आफैं स्थलमा पुगेर अनुगमन गर्नुभएको हो।

ड्राइपोर्ट–परवानीपुर सडकमा अवैध कर असुलीविरुद्ध प्रदेश सरकारको कडा कदम

ढाटहरूमा गरिएको अनुगमनको क्रममा अवैध रूपमा सवारी कर उठाइरहेका तीन जनालाई पक्राउ गरिनुका साथै उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको जिम्मा लगाइएको प्रदेश सरकारका स्रोतले जनाएको छ।

पर्सामा भारतीय सवारीबाट गैरकानुनी कर असुली, मुख्यमन्त्रीको हस्तक्षेपमा कारबाही

मुख्यमन्त्री सिंहले जनताको गुनासोप्रति चासो व्यक्त गर्दै भ्रष्टाचार र अवैध क्रियाकलापप्रति सरकार शून्य सहनशीलताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।
प्रदेश सरकारद्वारा गरिएको यो अनुगमनलाई सर्वसाधारणले सकारात्मक रूपमा लिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस् ।