img

मनिषा कोइरालाद्वारा रबि लामिछानेप्रति ऐक्यबद्धता : रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन्


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं, २६ असार । बलिउडकी ख्यातिप्राप्त नायिका मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, संसदीय दलका नेता तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध अन्यायपूर्ण ठहर गर्दै हस्ताक्षर गरिन् ।

रास्वपा कार्यालय पुगिन् मनिषा कोइराला : लामिछानेको पक्षमा हस्ताक्षर गरिन ।

वहाले बिहीबार काठमाडौंस्थित रास्वपाको पार्टी कार्यालय पुगेर लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेकी हुन्।
साे नायिका कोइरालाले भनिन्, “रवि लामिछानेमाथि भएको व्यवहार न्यायसंगत देखिँदैन। सत्यका पक्षमा उभिनु मेरो नितान्त व्यक्तिगत जिम्मेवारी हो। उहाँमाथिको आरोपहरूको ढंगले राजनीतिक प्रतिशोधको झल्को देखिरहेकाे बताइन् ।”

रबि लामिछानेमाथि अन्याय: मनिषा कोइरालाले भनिन्  सत्यको पक्षमा उभिन्छु

उनको उपस्थितिले पार्टी कार्यकर्ताहरूमा ऊर्जा थपेको छ। रास्वपाका नेताहरूले कोइरालाको समर्थनलाई ‘न्यायको पक्षमा स्वतन्त्र आवाज’को रूपमा व्याख्या गरेका छन्।
साे रास्वपाले लामिछानेमाथि सहकारी प्रकरणको बहानामा नियोजित रूपमा चरित्र हत्या गर्न खोजिएको दाबी गर्दै आएको छ। यसअघि पनि विभिन्न राजनीतिकर्मी, कानुन व्यवसायी, पूर्वन्यायाधीश, पत्रकार र सर्वसाधारणहरू हस्ताक्षर संकलन अभियानमा सहभागी भइसकेका छन्।

रास्वपा कार्यालय पुगिन् मनिषा कोइराला, लामिछानेको पक्षमा खुला समर्थन

नायिका मनिषा कोइरालाको समर्थनलाई पार्टीले एउटा सशक्त सन्देशका रूपमा लिएको छ। “सार्वजनिक व्यक्तित्वहरूबाट प्राप्त समर्थनले हाम्रो न्यायको लडाइँमा अझै आत्मबल प्रदान गरेको छ,” पार्टीका एक केन्द्रीय सदस्यले भने,-यसअघि पनि कोइरालाले सामाजिक सञ्जालमार्फत लामिछानेप्रति सहानुभूति व्यक्त गरेकी थिइन्। तर, प्रत्यक्ष रूपमा पार्टी कार्यालयमै पुगेर समर्थन जनाउनु उनको सक्रिय ऐक्यबद्धताको प्रमाणका रूपमा लिइएको छ।
रास्वपाले अहिले देशव्यापी रूपमा “न्यायका लागि हस्ताक्षर” अभियान चलाइरहेको छ, जसमा लामिछानेमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै लाखौं नागरिकको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ। मनिषा कोइरालाजस्ता प्रतिष्ठित व्यक्तित्वहरूको साथले यो अभियानले थप गति लिएको छ


प्रतिक्रिया दिनुहोस् ।