img

मधेस सरकारको विपद् समितिको बैठक सम्पन्न : खानेपानी आपूर्ति निरन्तरतामा जोड


राजकुमार पासवान ।
जनकपुरधाम, १४ साउन । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको हाे ।

आज मन्त्रालयको सभाहलमा बसेको उक्त बैठकको अध्यक्षता गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी गर्दै ।

बुधबार मन्त्रालयको सभाहलमा बसेको उक्त बैठकको अध्यक्षता गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गर्नुभएको हो।
बैठकमा संघीय सरकारले विपद् स्थापनसम्बन्धी गरेका कार्यहरूको समिक्षा गर्दै प्रदेश सरकारले आगामी दिनमा अपनाउने रणनीतिबारे गहिरो छलफल गरिएको हाे। मन्त्री लेखीले,भने- बैठकले विपद् प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हाे।

विपद् क्षेत्रमा खानेपानी र सिँचाइमा संघीय र दातृ सहयोगको प्रभावकारी प्रयोग गर्न निर्देशन

साे गृह मन्त्रालयले खरिद गरेका आठमध्ये छवटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने र ती दमकलमार्फत संकटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति निरन्तरता दिने निर्णय गरिएको छ। बाँकी दुईवटा दमकल सप्तरी र पर्सा जिल्लामा खानेपानी आपूर्ति कार्यमा निरन्तर परिचालन गर्ने निर्णय समेत बैठकले गरेको हाे।
त्यस्तै, विपद् प्रभावित क्षेत्रमा खानेपानी र सिँचाइको कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई संघीय सरकार तथा दातृ निकायबाट प्राप्त स्रोत र साधनको सदुपयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको हाे।

जिल्ला र प्रदेशस्तरीय समन्वयमार्फत राहत कार्य तीव्र पारिने निर्णय

साे बैठकमा प्रमुख सचिव मदन भुजेल,गृह,सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल,नेपाल प्रहरीका डिआईजी उमा प्रसाद चतुर्वेदी,नेपाली सेनाका पृतनापति कृष्ण जिसी,सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल लगायतका समितिका पदाधिकारीहरु सहभागी थिए ।

साे जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेशका मन्त्रालय र सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय गरी संकटग्रस्त क्षेत्रमा तत्काल राहत र सेवा पु¥याउने गरी कार्य गर्न निर्देशनसमेत दिएको छ।
यसैगरी, शान्ति मिसनबाट प्राप्त नेपाली सेनाका १७ वटा ट्यांकर र १ वटा बम डिस्पोजल गाडीलाई प्रचलित कानुन अनुसार अस्थायी रूपमा दर्ता गर्न श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री लेखीले जानकारी दिनुभएकाे हाे।


प्रतिक्रिया दिनुहोस् ।