राजकुमार पासवान ।
जनकपुरधाम, २७ असार । मधेस प्रदेश सरकारको बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हाे।

साे मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रिपरिषद्जबाट लवायुजन्य असन्तुलनका कारण समयमा वर्षा नहुनु र रोपाइँको समयमा खेत सुक्खा हुनुका साथै पहिले रोपिएको धानका बालीसमेत सुक्न थालेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै सरकारले यस्तो निर्णय गरेको हो।
सुख्खा र पानी संकट समाधानका लागि प्रदेश सरकारको विशेष निर्णय
बैठकले सुख्खाग्रस्त घोषित क्षेत्रका किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग औपचारिक आग्रह गर्ने निर्णयसमेत गरेको हाे। साथै कृषि क्षेत्रमा क्रियाशील रहेका विभिन्न दातृ निकायहरूलाई आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको हाे ।

यसैबीच बैठकले पर्साको वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पन्न भएको खानेपानी संकट समाधान गर्न आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय पनि गरेको हाे।

संघीय खानेपानी मन्त्रालयलाई आवश्यक सहयोग गर्न आग्रह गर्दै सरकारले ट्याङ्कर तथा अन्य वैकल्पिक माध्यमबाट आपूर्ति सुनिश्चित गर्ने कार्य तत्काल अघि बढाउने जनाएको हाे।
मन्त्रिपरिषद बैठकबाट सुख्खा प्रभावित किसान र बासिन्दाका लागि राहत कार्यक्रम अघि बढ्ने
साे मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले समयमा वर्षा नहुँदा धान रोपाइँमा गम्भीर समस्या उत्पन्न भएपछि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको स्पष्ट पारेका छन्।
उनले कृषि संकट समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारका साथै सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।