राजकुमार पासवान ।
जनकपुरधाम, ६ असार । मधेस प्रदेश सरकारले सञ्चार क्षेत्रको सुदृढीकरण र पत्रकारहरूको हक–हित सुनिश्चित गर्न मिडिया काउन्सिलको रिक्त सदस्य पदमा चार जना सञ्चारकर्मी हरूको नियुक्ति गरेको हाे।

शुक्रबार प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत मिडिया काउन्सिलमा नियुक्त हुनेहरूमा सप्तरीका मन्नु कुमार पासमान, सर्लाहीकी बन्दना झा, धनुषाका रिंकु मिश्र र सुरेश यादव रहेका छन्।
साे नियुक्तिले मधेस प्रदेशमा सञ्चारकर्मीहरूको हक, सुरक्षा र पेशागत स्वतन्त्रता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। सञ्चार क्षेत्रमा अनुभव र समर्पण भएका व्यक्तिहरूको सहभागिताले मिडिया काउन्सिललाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
साे प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रक्रिया दिदै भने,-“नयाँ सदस्यहरूले प्रदेशका सञ्चार उधमी र पत्रकारका समस्या समाधान, मिडिया अनुगमन, तथा नीति निर्माणमा सहयोग पुर्याउनेछन्।”
साे मधेश प्रदेश मिडिया काउन्सिलमा विविध क्षेत्र र जिल्लाको प्रतिनिधित्व गरिनु स्वयं सकारात्मक पक्ष हो। यसले सञ्चार माध्यमहरूको स्वायत्तता कायम राख्दै, प्रेस स्वतन्त्रताको रक्षा गर्ने प्रयासमा टेवा पुर्याउनेछ।

साे मधेश प्रदेशका सञ्चारकर्मीहरू, मिडिया संस्थानहरू र पत्रकार महासंघहरूले पनि यो निर्णयलाई स्वागत गर्दै काउन्सिलमार्फत व्यवहारिक सुधार र पेशागत संरक्षणको अपेक्षा व्यक्त गरेका छन्।