राजकुमार पासवान ।
राजविराज, ६ भदौ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले ब्ल्याकमेल एवम् झुठा समाचार लेख्ने सञ्चारकर्मीलाई दण्डित गर्न छिटै सञ्चार ऐन ल्याइने बताएको हाे ।

शुक्रबार राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्रमा नवनिर्मित आन्तरिक प्रशिक्षण भवनको उद्घाटन गर्दै मन्त्री लेखीले केही सञ्चारकर्मीहरूले गलत सूचना प्रकाशन गर्ने, झुठा समाचार लेख्ने र ब्ल्याकमेलजस्ता गैरव्यावसायिक कार्यमा संलग्न हुने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न कानूनी प्रावधान आवश्यक भएको बताएकाे हाे।
वहाँले,भने-सञ्चार क्षेत्रमा बढ्दै गएको अव्यवस्था अन्त्य गर्न चाँडै सञ्चार ऐन ल्याइने बताएकाे हाे। साथै उनले गरिबी, बेरोजगारी र सीमित स्रोतबीच पनि सुरक्षा निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
“पत्रकारिताको मर्यादा पालन नगरी गलत गतिविधि गर्ने प्रवृत्ति रोक्न एक महिनाभित्रै सञ्चार ऐन ल्याइनेछ,”
उक्त कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमबहादुर दाहालसहित विभिन्न सरकारी निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो।
साे प्रशिक्षण भवन निर्माणका विषयमा मधेश प्रदेश प्रहरी कार्यालय, भौतिक पूर्वाधार शाखाले प्रतिवेदन प्रस्तुत गरेको थियो। आ.व. २०७७/७८ मा मन्त्रालयबाट ४ करोड रुपैयाँ बजेट विनियोजन भएपछि रु. ३ करोड ९६ लाख ८४ हजार ७ सय ८८ लागत अनुमानमा निर्माण कार्य अघि बढाइएको थियो। मुल्य अभिवृद्धि करसहित कुल रु. ३ करोड २३ लाख २२ हजार २ सय ७ रुपैयाँ ९४ पैसामा निर्माण सम्पन्न भएको भवनबारे जानकारी दिइएको छ।
सञ्चार क्षेत्रलाई मर्यादित बनाउन चाँडै ऐन आउने : गृहमन्त्री लेखी
साे गृहमन्त्री लेखीले प्रशिक्षण भवन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रहरी तालिम केन्द्र राजविराजको टिमलाई धन्यवाद दिँदै यसलाई प्रहरी बलको दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण उपलब्धि भएको बताएकाे हाे।