img

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको टिम घोषणा


जनकपुर, २५ फागुन । आउँदो प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता मा सहभागिता जनाउने मधेस प्रदेशको टिम सार्वजनिक गरिएको हो ।
मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो । मधेस प्रदेशको टोलीमा कप्तान अनिलकुमार साह अन्य खेलाडीहरूमा पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह, सन्नी साह रहेका छन् ।
सो मधेस प्रदेशको टोलीको प्रशिक्षकमा सुनिल साह,सह–प्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् ।

मधेसका आठ जिल्लाका विभिन्न टिमबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरेर टिम तयार गरिएको छनोट समितिका संयोजक विकास दलीले जानकारी दिएका हो ्।

सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा सञ्चालन हुनेछ, जसमा १० वटा टिम सहभागी हुँदैछन् । मधेस प्रदेशको टिम आइतबार बिहानै प्रतियोगिताका लागि रुपन्देही प्रस्थान गरिसकेको हो ।


प्रतिक्रिया दिनुहोस् ।