img

पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीमाथि टिकाटिप्पणी नगर्न कार्यकर्तालाई निर्देशन : पोलिटब्यूरो सदस्य प्याकुरेल


राजकुमार पासवान
मलेठ (सप्तरी),९ कात्तिक । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएका टिकाटिप्पणीहरूबारे नेताहरू र कार्यकर्तालाई सावधान रहन आग्रह गरेकाे हाे।
शनिबार थारू संग्रालय जमुवा मलेठमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य प्याकुरेलले भने, “उक्त शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचका विषयमा टिकाटिप्पणी नगर्नुहोस्। यस्तो टिप्पणीले पार्टी अनुशासन र एकतामा असर पर्न सक्छ।”

नेकपा (एमाले) कञ्चनरुप नगर कमिटी सप्तरीको आयोजनामा भएको सो कार्यक्रममा बडादशैं, शुभ दीपावली, भाइटीका, नेपाल संवत् ११४६ र छठ पर्वका साथै समाचकेवाको अवसरमा शुभकामना आदान–प्रदान गरिएको हाे।
साे शुभकामना कार्यक्रममा प्याकुरेलले,थपे,- एमालेका सबै तहका कार्यकर्तालाई संयमित र सजग रहनु, तथा पार्टी नेतृत्वप्रति जिम्मेवार व्यवहार प्रदर्शन गर्न निर्देशनसमेत दिएका हाे।
साे पोलिटब्यूरो सदस्यप्याकुरेलले शुशिला कार्की नेतृत्वले देशलाई दुर्घटनातर्फ लैजाने संकेत देखिएकाले नेता तथा कार्यकर्ताहरू सचेत र सशक्त रूपमा संगठित रहन आवश्यक रहेको बताएका हाे।
हामी चुनावसँग डराउँदैनौं। एमाले पार्टी सधैंँ जनतामाझ जाने र प्रत्येक निर्वाचनमाआत्मविश्वासपूर्वक भाग लिने बताउनु भएको हाे।”

पूर्व नगर प्रमुख बसन्त मिश्रको आह्वान : संगठनमार्फता उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा दर्ता गराै ।

त्यसैगरी शुभकामना कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा पूर्व नगर प्रमुख बसन्त मिश्रले एमाले कार्यकर्तामार्फत उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा दर्ता गराउन सहयोग गर्न आग्रह गरेकाे हाे ।

कञ्चनरुप नगरपालिकाका नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य तथा पूर्व नगर प्रमुख बसन्त मिश्रकाे आपनो सान्दर्भिक भनाइ राख्दै ।

पुर्व नगर प्रमुखसमेत रहेका मधेश प्रदेश कमिटी सदस्य मिश्रले थपे,- नेताहरूले वर्तमान संवैधानिक व्यवस्थाको रक्षा गर्दै प्राप्त उपलब्धिलाई सुरक्षित राख्न र आर्थिक क्रान्तिको दिशा तर्फ अघि बढ्न सबैलाई आह्वान गरे। उनीहरूले राजनीतिक अधिकार र स्वतन्त्रता प्राप्त भइसकेको उल्लेख गर्दै अब रोजगार र आर्थिक अधिकारका लागि संघर्ष गर्नुपर्ने समय आएको बताएकाे हाे ।
साे शुभकामना कार्यक्रममा युवा संघ नेपाल मधेश प्रदेश इन्चार्ज मनिष श्रेष्ठले युवाहरूमाझ संगठन सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “अब युवा संघले जेनजी पुस्ताका युवाहरूको नेतृत्व लिन्छ, किनभने हामी सबै यही पुस्ताका प्रतिनिधि हौं।”

यता शुभकामना कार्यक्रममा  केन्द्रीय नेताद्वय नेकपा (एमाले)केन्द्रीय नेता संघिय पूर्व मन्त्री सत्यनारायण मण्डल मधेश प्रदेश सरकारका निवर्तमान गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले समय अनुकूल नभएको असन्तुष्ट जनाएको हाे ।

साे कार्यक्रममा नेकपा एमाले सप्तरी जिल्ला कमिटी सचिव देवनाथ यादव,एमाले मधेश प्रदेश सदस्यकमिटी सदस्य आशरा चाैधरी,जिल्ला कमिटी सदस्य राजकुमार साह,दुर्गानन्द चाैधरी,कुशुम आचार्य,सप्तकोशी नगरपालिकाका पूर्व नगर प्रमुख उत्तम गौतम,सप्तकाेशी नगर कमिटी अध्यक्ष पारस दाहाल,कञ्चनरुप नगरपालिकाका नगर सचिव केवल खत्री लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए।साे शुभकामना आदानप्रदान कार्यक्रम नेकपा एमाले कञ्चनरुप नगरपालिका नगर अध्यक्ष बच्चुलाल चाैधरीकाे अध्यक्ष्ातामा सम्पन्न भएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।