img

पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह


पर्सागढी (पर्सा), २२ भाद्र । संघिय सरकारको खानेपानीमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह गर्नुभएको हो ।

खानेपानीमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले पार्टी नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ।

शनिबार जसपा पर्सागढी नगर समितिद्वारा आयोजित विस्तारित बैठकमा उहाँले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको हो । उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो, “हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौँ ।”

मन्त्री यादवले आफूले यहाँका जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस् ।