img

नेविसंघ असन्तुष्ट पक्षद्वारा कांग्रेस कार्यालय घेराउ, महाधिवेशनको माग


उपेश नाैवाग ।
काठमाडौं, १६ असार । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको असन्तुष्ट पक्षले काठमाडौंको  सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै घेराउ कार्यक्रम सम्पन्न गरेको हाे ।

नेविसंघ भित्रको असन्तुष्ट पक्षले काठमाडौंको साेमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै ।

साेमबार महाधिवेशनको मिति तोक्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएको असन्तुष्ट पक्षले नेतृत्वको निष्क्रियता र ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेको हो। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले “नेविसंघको महाधिवेशन तत्काल गर”, “लोकतन्त्रको नाममा ढोंग बन्द गर” लगायतका नारासहित सानेपा पार्टी कार्यालय घेराउ गरेका थिए।
विगत लामो समयदेखि महाधिवेशन नगरी संगठन चलाएको भन्दै असन्तुष्ट समूहले कांग्रेस नेतृत्वमाथि गम्भीर आरोप समेत लगाएको हाे । उनीहरुले नेतृत्वले आफूखुसी समितिहरू बनाउँदै लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

सानेपामा नेविसंघको विरोध प्रदर्शन, नेतृत्वविरुद्ध नारा

यसअघि पनि पटक–पटक दबाब दिँदै आएपनि कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले संघर्षका कार्यक्रमहरू अझ तीव्र पारिने चेतावनी दिएका छन्।
नेविसंघको महाधिवेशन २०८० सालमा गरिने भनिएपनि हालसम्म मिति तय गरिएको छैन।


प्रतिक्रिया दिनुहोस् ।