img

थारू,आदिवासी र दलितबिनाको समावेशी राज्य सम्भव छैन : जनमत पार्टीका अध्यक्ष डा.राउत


अपूर्व न्यूज समाचारदाता ।
लहान(सिरहा), २२ असार । थारू कल्याणकारिणी सभाद्वारा सिरहाको लहानमा रामानन्द प्रसाद सिंह थारू भाषा संस्कृति प्रतिष्ठान स्थापनार्थ अबसरमा सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गरिएको हाे।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई थारू कल्याणकारिणी सभा पदाधिकारीहरुले विशेष सम्मान प्रदान गरेको हाे।

साे कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मन्तव्य दिँदै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा “रामानन्द प्रसाद सिंह संस्कृति विकास तथा संरक्षण केन्द्र” र “थारू संग्रहालय” निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेकाे बताए।

थारू कल्याणकारिणी सभाद्वारा सिरहाको लहानमा रामानन्द प्रसाद सिंह थारू भाषा संस्कृति प्रतिष्ठान स्थापनार्थ सम्मान तथा अभिनन्दन कार्यक्रममा थाहरुकाे उल्लेखनीय उपस्थिति ।

साे डा. राउतले थारू तथा आदिवासी जनजातिको योगदानबिना प्रदेश र देशको समुन्नति असम्भव रहेको उल्लेख गर्दै दलित, आदिवासी जनजाति समुदायलाई राज्यसँग प्रत्यक्ष पहुँच दिलाउन र समावेशी बनाउने दिशामा प्रदेश सरकार दृढ रहेको धारणा राखेकाे हाे।

 


प्रतिक्रिया दिनुहोस् ।