img

जीवन विकास लघुवित्तले व्यवसाय पुनस्र्थापनाका लागि सामग्री सहयोग


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,(सप्तरी) २ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो समूहमा आबद्ध एक सदस्यलाई व्यवसाय पुनस्र्थापनाका लागि सामग्री सहयोग गरेको हो ।

खुश्बु चिया पसल सञ्चालिका साहलाई पुनः व्यवसाय विस्तार गर्नका लागि जीवन विकासकाे साथ

शुक्रबार संस्थाको शाखा कार्यालय कञ्चनरुपमार्फत कञ्चनरुप नगरपालिका वडा नं.८ का केन्द्र नं. १६७ की सदस्य बबिता देवी साहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । साह विगत १० वर्षदेखि लघुवित्त संस्थासँग आबद्ध रहँदै कञ्चनपुर बेरियरमा “खुश्बु चिया नास्ता पसल” सञ्चालन गर्दै आएकी छिन् ।

जीवन विकास लघुवित्तले खुश्बु चिया नास्ता पसलकी सञ्चालिका बबिता देवीलाई १० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरे

सो लगानी सहायता स्वरूप प्रदान गरिएको सामग्रीको मूल्य करिब १० हजार रुपैयाँ बराबर रहेको छ । सो सामग्री नेपाल रेडक्रस सोसाइटी सर्वोदय उपशाखा कञ्चनपुरका अध्यक्ष राजेश गुप्ता र जीवन विकास लघुवित्त शाखा प्रमुख लोचन यादवले संयुक्त रूपमा हस्तान्तरण गरेको हो । संस्थाले आफ्ना सदस्यहरूको आयआर्जन र जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।