img

जसपा–राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता : देशव्यापी संयोजन समिति गठनको तयारी


अपूर्व न्यूज समाचारदाता।
काठमाडौं, २९ साउन। जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच औपचारिक कार्यगत एकता सम्पन्न भएको हाे।

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता ।

दुवै दलले यस एकतालाई दीर्घकालीन पार्टी एकताको दिशामा टेकेर गरिएको “एकता उन्मुख कार्यगत सहकार्य” भनेर व्याख्या गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले संयुक्तरूपमा एकता घोषणा पत्रमा हस्ताक्षर गरे। उक्त घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धता, आचारसंहिता लगायतका विषय स्पष्ट उल्लेख गरिएको हाे।

केन्द्रीयदेखि स्थानीय तहसम्म संयुक्त संरचना, जसपा र राष्ट्रिय मुक्ति पार्टीको एकता

साे घोषणापत्र अनुसार केन्द्रीय तहमा संयोजन समिति रहनेछ, जसमा दुवै पार्टीबाट अध्यक्षसहित ७/७ जना सदस्य रहने व्यवस्था गरिएको छ। समितिमा कम्तीमा दुई महिला सदस्य अनिवार्य हुनेछन्। यस्तै, प्रादेशिक तहमा ५/५ सदस्यीय र स्थानीय तहमा ३/३ सदस्यीय संयोजन समिति गठन गरिने प्रावधान राखिएको हाे।
अध्यक्ष राई यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए भने अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भई नयाँ राजनीतिक यात्रा तय गर्दै आएका छन्। दुवै नेताले एकतालाई देशको समावेशी लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण कदमका रूपमा लिएको बताए।


प्रतिक्रिया दिनुहोस् ।