img

किसानको समस्या समाधान जनमत पार्टीको मुख्य एजेन्डा : अध्यक्ष डा. सिके राउत


राजकुमार पासवान ।
बलान बिहुल(सप्तरी), १४ असार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा संसदिय दलका नेता डा. सिके राउतले किसानका समस्यालाई पार्टीको मुख्य एजेन्डा रहेको बताएको हाे ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले आज बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजनाको औपचारिक शुभारम्भ गर्दै ।

शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा आयोजित एक कार्यक्रममार्फत कृषि विद्युतीकरण योजनाको औपचारिक शुभारम्भ गर्दै अध्यक्ष राउतले कृषकका समस्या बुझ्ने र समाधान गर्ने नेतृत्व जनमत पार्टीले गर्ने बताउनु भएको हाे।
साे जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा.राउतले,भने जमतत पार्टीले मधेश प्रदेश सरकारमा नेतृत्व गरै बर्ष कृषि विद्युतीकरण योजनाका लागि ४८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउदै भने,-कार्यविधि बनाउन ढिलो भएको कारणले साे याेजनालाई बहु बर्षिय याेजनामा परिणत जुन रकम फ्रिज हुदैन ।

बलान बिहुलबाट कृषि विद्युतीकरण योजनाको शुभारम्भ, ४८ करोड विनियोजन : बहु बर्षिय याेजनामा परिणत

“कृषि नेपालको मेरुदण्ड हो, तर किसानहरू अझै पनि मल, सिंचाइ, विद्युत् र बजार अभावका कारण समस्यामा रहेको बताए ।
जनमत पार्टीका अध्यक्ष राउतले भन्नुभयो, “हाम्रो प्राथमिकता भनेको किसानलाई आत्मनिर्भर र सशक्त बनाउनु हो।  साे बलान बिहुल गाउँपालिकाका कृषि उत्पादन वृद्धिका लागि विद्युतीकरण, सहुलियतपूर्ण ऋण, आधुनिक प्रविधिको प्रयोग र सरकारी सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै किसानसँगै प्रदेश र देशको समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, किसान समूह, प्राविधिक विशेषज्ञहरू र जनमत पार्टीका स्थानीय नेताहरूको पनि सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस् ।