img

कञ्चनरुप नगरप्रमुखको पहलमा ५० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति : कलेजसँग ऐतिहासिक सम्झौता


राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी),२१ असार । कञ्चनरुप नगरपालिकाकाको पहलमा आर्थिक रूपले कमजोर तर अध्ययनमा इच्छाशक्ति भएका विद्यार्थीहरूका लागि एक अत्यन्तै सराहनीय तथा प्रेरणादायी शैक्षिक कार्यक्रम पूर्ण छात्रवृत्ति गरिएको हाे ।

कञ्चनरुप नगरपालिकाका नगरप्रमुखकाे अभिभावक तथा विद्यार्थीहरूलाई अनुरोध ।

शुक्रबार एक विशेष कार्यक्रमबीच कञ्चनरुप नगरपालिका र कलेजबीच औपचारिक सम्झौता सम्पन्न भएकाे हाे। यस सहकार्यले नगर क्षेत्रका प्रतिभाशाली र अभावमा परेका विद्यार्थीहरूलाई गुणस्तरीय माध्यमिक शिक्षामा पहुँच पुर्‍याउने उद्देश्य लिएको हाे।
साे कञ्चनरुप नगरपालिकाले विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था कोशी विद्या मंदिर (Koshi Vidya Mandir +2, KVM) सँगको सहकार्यमा ५० जना विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न सक्ने सुवर्ण अवसर उपलब्ध गराएको हो।

छात्रवृत्तिमा अध्ययन गर्न पाउने विषयहरू:
१.विज्ञान (Science)
२.कम्प्युटर विज्ञान (Computer Science)
३.व्यवस्थापन (Management)

साे नगर प्रमुखको नेतृत्वमा सञ्चालित कार्यक्रमले विद्यार्थीहरूलाई निःशुल्क अध्यापन, आवश्यक शैक्षिक सामग्री तथा परामर्श सेवा समेत उपलब्ध गराउने लक्ष्य लिएको हाे ।

नगरप्रमुखको ऐतिहासिक कदम: छात्रवृत्तिमा अध्ययन गर्ने ५० जना विद्यार्थीको जीवन बदलिने सुनिश्चित

साे कञ्चनरुप नगरपालिकाका नगरप्रमुखले भने, “शिक्षा नै परिवर्तनको आधार हो। आर्थिक अवस्था कमजोर भए पनि प्रतिभा र प्रयासको कदर नगरपालिकाले सधैं गर्नेछ।” त्यसैगरी कलेज परिवारप्रति गहिरो  व्यक्त गर्दै नगर प्रमुख गुप्ताले सहकार्यलाई ऐतिहासिक कदमको संज्ञा दिएका हाे ।

अभिभावक तथा विद्यार्थीहरूलाई अनुरोध:

साे कञ्चन नगरपालिकाले अवसर सीमित संख्यामा भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई चाँडो नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको हाे।

विज्ञान, कम्प्युटर र व्यवस्थापनमा निःशुल्क अध्ययनको अवसर : कञ्चनरुप नगरवासीका लागि सुनौलो अवसर

यो छात्रवृत्ति कार्यक्रम केवल एक अनुदान मात्र होइन, यो कञ्चनरुप नगरपालिकाको समावेशी शिक्षाको दिशातर्फको अग्रगामी प्रयास हो।


प्रतिक्रिया दिनुहोस् ।