img

एमाले केन्द्रीय सदस्यसमेत रहेका मधेश प्रदेशका गृहमन्त्री लेखीले ‘गलत प्रचार’ नगर्न नेता तथा कार्यकर्ताहरूमा खबरदारी गरे


राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), २१ असार । मधेश प्रदेशका गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले आफू तत्कालीन परिस्थितिमा एमाले पार्टी छाडेपनि कुनै अन्य पार्टीमा नगएको स्पष्ट पार्दै भ्रमपूर्ण प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्ताहरू सँग आग्रह गरेकाे हाे।

मधेश प्रदेशका गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले आपनो सान्दर्भिक भनाइ राख्दै ।

शनिबार कञ्चनरुप नगर कमिटीले  नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद कञ्चनरुप नगर कमिटीले घाेघनपुरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले भने,“मैले एमाले छाडेँ, तर म कतै गएको होइन। म आफैंले तत्कालीन परिस्थितिमा ‘नागरिक समाजवादी पार्टी’ गठन गरेर थारु, दलित, मुस्लिम, आदिवासी लगायत उत्पीडित समुदायको हक, अधिकार र पहिचानका लागि सशक्त आवाज उठाउँदै आएको छु।”
साे कार्यक्रममा गृहमन्त्री लेखीले आफ्नो राजनीतिक यात्रा स्पष्ट पार्दै २०६८ सालमा संविधानसभा विघटन भएपछि पार्टी गतिविधिबाट अलग रहेको उल्लेख गरे।

एमाले छाडेर म कतै गएको होइन, बरु छुट्टै नयाँ पार्टी खोलेर थारु, दलित, मुस्लिम र आदिवासी समुदायको आवाज बुलन्द गर्दै आएको थिए” : गृहमन्त्री लेखी

“वालकोटमा पुगेपछि मैले पार्टीमा नरहने निर्णय गरेको थिएँ। त्यतिबेला केपी ओलीजीले ‘टाढा नबस्नु , सम्पर्कमा रहनु’ भन्नुभएको थियो,” उनले सम्झिए।

२०७२ सालमा संविधान निर्माणपछिको उल्लेख गर्दै उनले २०७३ सालमा ६ दल एकीकरण भई ‘राष्ट्रिय जनता दल’ निर्माण भएको र त्यसपछि २०७४ सालमा निर्वाचनमा भाग लिएको बताए।

वहाँले केही व्यक्तिहरूले आफूलाई लिएर गरिरहेको भ्रमपूर्ण गलत प्रचारप्रति आपत्ति जनाउँदै भने,“म अहिले एमालेको केन्द्रीय सदस्य पनि हुँ र गृहमन्त्रीको जिम्मेवारीमा छु। यस्तो अवस्थामा मेरो राजनीतिक प्रतिबद्धता र भूमिका बारे भ्रम फैलाउनु गलत हो।”
गृहमन्त्री लेखीले,भने-समाजका न्यून प्रतिनिधित्व भएका वर्गहरूको सशक्तिकरण र समावेशीताका लागि आफू निरन्तर क्रियाशील रहेको दोहोर्याउँदै भने,-“म जनताको पक्षमा जनतामै आधारित परिवर्तनको अभियानमा समर्पित छु। मेरा सबै कदमहरू जनताको हितका लागि नै हुन्।”

गृहमन्त्री लेखीको भनाइ : “एमाले छाडेँ, तर जनताको पक्षमा छुट्टै अभियानमा छु” समावेशी विकासका लागि मेरो अभियान निरन्तर छ”

साे कार्यक्रममा नेकपा एमालेका नेता तथा कञ्चनरुप नगरपालिकाका निवर्तमान मेयर बसन्त मिश्रले गृहमन्त्री लेखीको कार्यशैलीको प्रशंसा गर्दै भने,“लेखीज्यूका काम जनमुखी र प्रभावकारी छन्। उहाँको नेतृत्वमा विकास र समावेशीताको एजेन्डा अघि बढिरहेको छ।”
साे कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। गृहमन्त्री लेखीको भनाइले उनको नयाँ राजनीतिक यात्राको उद्देश्य र दूरदृष्टिलाई थप स्पष्ट बनाएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस् ।