img

सेवानिवृत्त उपसचिव शर्मालाई मधेस प्रदेश सरकारद्वारा कदरपत्र सहित सम्मान


राजकुमार पासवान ।
जनकपुरधाम,१ साउन । वन, वातावरण र जैविक विविधताको संरक्षण तथा हरियाली प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका मधेश प्रदेश वन निर्देशनालयका उपसचिव सुरेश प्रसाद शर्मालाई प्रदेश सरकारले सम्मान गरेको हाे।

शर्माको समर्पित सेवा प्रति प्रदेश सरकारको उच्च सम्मान

बिहीबार वन तथा वातावरण मन्त्रालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, वन तथा वातावरणमन्त्री संजयकुमार यादव र वन मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेको संयुक्त उपस्थितिमा उपसचिव शर्मालाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो।
उर्जावान, कर्मनिष्ठ र जनउत्तरदायी भूमिकाका लागि चिनिएका शर्मा आजबाट औपचारिक रूपमा अवकाश भएको हाे ।

हरियाली अभियानी शर्मालाई प्रदेश सरकारको सम्मान र शुभकामना

उहाँको कार्यकालभरि जनसहभागितामा आधारित वातावरणीय जागरण अभियान, वन संरक्षण र जैविक विविधता संवर्द्धनमा भएको अग्रसरता अत्यन्त प्रेरणादायी रहेको प्रदेश सरकारले जनाएको हाे।
प्रदेश सरकारका तर्फबाट उपसचिव शर्मालाई भविष्यमा समेत समाज र वातावरण सेवामा क्रियाशील रहिरहन सशक्त शुभकामनासहित बिदाई गरिएको हो।


प्रतिक्रिया दिनुहोस् ।