राजकुमार पासवान ।
कमलपुर(सप्तरी),२५ साउन । सप्तरीकाे राजगढ गाउँपालिका वडा नं.२ स्थित कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गोली लागी भएको निधनप्रति मधेश प्रदेशका मुख्यमन्त्री संतिस कुमार सिंहले गहिरो दुःख प्रकट गरेकाे हाे।
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा शोकसन्तप्त परिवारलाई भेट : सत्य तथ्य छिट्टै सार्वजनिक हुने विश्वास
मुख्यमन्त्री सिंहले घटनालाई अत्यन्त पीडादायी र दुःखद बताउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
साे घटनापछि मुख्यमन्त्री सिंह आइतबार स्वर्गीय यादवको निवास तथा घटनास्थल पुगेका थिए। उनले शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएकाे हाे्।
मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा सप्तरी गोलीकाण्डप्रति गहिरो दुःख व्यक्त
मुख्यमन्त्री सिंहले भने, “स्वर्गीय लालु यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति परमेश्वरले प्रदान गरून् भन्ने हार्दिक प्रार्थना गरेका छन्।”

साे मुख्यमन्त्री सिंहले,भने घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढाइएका छन्। उनले सत्य तथ्य चाँडै सार्वजनिक हुनेमा पूर्ण विश्वास व्यक्त गरेका छन्।