img

राजविराजमा पोषणमैत्री नगर घोषणा प्रक्रिया प्रभावकारी बनाउन समन्वय तथा पैरवी बैठक सम्पन्न

पोषणमैत्री स्थानीय तह तथा स्वास्थ्य संस्थाका लागि समन्वय तथा पैरवी बैठकमा सहभागिहरु।

राजकुमार पासवान ।
राजविराज,४ साउन । राजविराज नगरपालिकामा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम अन्तर्गत पालिकास्तरीय पोषणमैत्री स्थानीय तह तथा स्वास्थ्य संस्थाका लागि समन्वय तथा पैरवी बैठक सम्पन्न भएको हो ।
आइतबार राजविराज नगरपालिकाको सभाहलमा आयोजित बैठक विश्व खाद्य कार्यक्रम(WFP)को सहयोगमा आसमान नेपालद्वारा सञ्चालित आमा तथा बाल स्वास्थ्य र पाेषण परियोजनाअन्तर्गत नगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो। बैठकको उद्देश्य राजविराज नगरपालिकालाई पोषणमैत्री नगर घोषणा गर्ने प्रक्रिया र त्यसको प्रभावकारिता सुनिश्चित गर्नु थियो।

विश्व खाद्य कार्यक्रम(WFP) र आसमान नेपालको सहकार्यमा पोषणमैत्री पहल अघि बढाउँदै राजविराज नगरपालिका

बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो। छलफलमा सहभागीहरूले पोषण प्रवद्र्धनका विभिन्न पहलहरूको विषयमा महत्वपूर्ण निर्णय गरेका छन् । सो निर्णयहरू महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण तथा परिकार तयारीसम्बन्धी तालिम प्रदान गर्ने,स्वास्थ्य आमा समूहहरूमा बच्चाहरुलाई विभिन्न परिकारकाे पाैसिलाे खाना बनाउने सम्बन्धि प्रदर्शनी बारे छलफल  ,पाँच वर्षमुनिका बालबालिकाको सामूहिक पोषण अवस्था मूल्यांकन (मास स्क्रिनिङ) गर्ने कार्यक्रमहरूका लागि आवश्यक बजेट विनियोजन गर्ने भएको हो ।
उक्त बैठकमा राजविराज नगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक निरञ्जन प्रसाद यादवले,भने राजविराज नगरपालिकालाई पोषणमैत्री घोषणा गर्न संघीय सरकारद्वारा तोकिएको सूचकहरू अनुसार वडास्तरमा प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरियो। साथै, विश्व खाद्य कार्यक्रम र आसमान नेपालसँगको सहकार्य अझ प्रभावकारी बनाउने सहमति समेत जनाइएको हो ।

राजविराज नगरपालिकालाई पोषणमैत्री नगर घोषणा गर्ने तयारीमा समन्वय बैठक सम्पन्न

साे संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८७ सम्म देशभरका सबै स्थानीय तहलाई पोषणमैत्री घोषण गर्ने लक्ष्य लिएको छ। सोही उद्देश्यलाई अघि बढाउने क्रममा सप्तरी र सिरहा जिल्लाका गाउँ तथा नगरपालिकामा आसमान नेपालले विश्व खाद्य कार्यक्रमको सहयोगमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको हो । उक्त बैंठकमा विश्व खाद्य कार्यक्रम तथा आसमान नेपालका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियौं ।


प्रतिक्रिया दिनुहोस् ।