img

रवि लामिछाने कुनै सहकारीका ऋणी, सदस्य वा सरोकारवाला होइनन्” : पूर्व मुख्य न्यायाधिवक्ता झा


अपूर्व न्यूज समाचारदाता ।
काठमाडौ,२४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति,संसदीय दलकाे नेता एवं सांसद रवि लामिछानेमाथि भइरहेको कानुनी मुद्दालाई लिएर मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले गम्भीर प्रश्न उठाएकाे हाे ।

मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा

साेमबार रास्वपा सभापति लामिछानेविरुद्ध भइरहेको कारबाहीमा व्यक्तिगत प्रतिशोध र अन्यायको आंशका गर्दै उनले हस्ताक्षर अभियानमा समेत समर्थन जनाएकाे हाे।

सहकारी फाइलमा रविको संलग्नता देखिएको छैन” : झाको कानुनी प्रतिक्रिया

पूर्व मुख्य न्यायाधिवक्ता झाले भने, “म उहाँ (लामिछाने) को तर्फबाट बहस गर्ने कानुनी प्रतिनिधि हुँ। मैले उहाँसम्बन्धी सबै कानुनी फाइलहरू गहिरो रूपमा अध्ययन गरें। कुनै पनि फाइलमा उहाँ सहकारी संस्थाका ऋणी, सदस्य वा सरोकारवाला भनेर देखिएको छैन।”

दिपेन्द्र झाको समर्थन: रवि लामिछानेमाथिको अन्यायविरुद्ध हस्ताक्षर

साे मुख्य न्यायाधिवक्ता झाले,-लामिछानेलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको छ, जुन न्यायिक मूल्य–मान्यताको विरुद्धमा जान्छ। उनले निष्पक्ष र प्रमाणमा आधारित न्यायको पक्षमा सबै कानुन व्यवसायी तथा नागरिक समाजलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।